कुवेतलद्वारा नेपाललाई स्वास्थ्य सामाग्री सहयोग « Khabarhub

कुवेतलद्वारा नेपाललाई स्वास्थ्य सामाग्री सहयोग



दोहा– नेपालमा कोरोना महामारी (कोभिड–१९) सङ्क्रमणको दोस्रो लहरविरुद्ध लड्न कुवेतले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

कुवेतस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार कोभिडको उपचारमा प्रयोग हुने पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर, पेशेन्ट मोनिटर, मेडिकल भेन्टिलेटर सामाग्री पठाइएको छ ।

यस्तै, टेबलसहितको हस्पिटल बेड, पल्स ओक्सिमिटर, भाइटल साइन्स मोनिटर, पीपीईलगायत स्वास्थ्य सामाग्री तथा उपकरण पठाइएको दूतावासले जनाएको छ ।

दूतावासको समन्वयमा कुवेत रेड क्रिसेन्ट सोसाइटी (केआरसीएस) बाट सहयोग प्राप्त स्वास्थ्य सामाग्री जजिरा एयरवेजमार्फत मंगलबार नेपाल पठाइएको हो ।

नेपालको कोभिड–१९ संक्रमणको अवस्थालाई मध्यनजर गरी अत्यावश्यक स्वास्थ्य सामग्री तथा उपकरण उपलब्ध गराएकोमा दूतावासले कुवेत रेड क्रिसेन्ट सोसाइटीप्रति हार्दिक आभार प्रकट गरेको छ ।

साथै, दूतावास तथा रेड क्रिसेन्ट सोसाइटीको समन्वयमा मानवीय सहायता स्वरूप उपलब्ध गराइएका उक्त सामग्री तथा उपकरण सहज रूपमा कुवेतबाट काठमाडौँसम्म पुर्‍याउन सहयोग गरेकोमा जजिरा एयरवेज व्यवस्थापक एवं सञ्चालकलाई पनि दूतावासले धन्यवाद व्यक्त गरेको छ ।

यसअघि नेपालमा कोभिड–१९ को सङ्क्रमणको दोस्रो लहर तीव्र भएपछि कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले त्यहाँका विभिन्न सरकारी निकायहरुसँग महामारी नियन्त्रणमा सहयोग गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  १ : ३५ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको