योगी आदित्यनाथको फोटो ट्वीटपछि बाबुराम भट्टराई आलोचित, आगोसँग नखेल्न कमल थापाको चेतावनी « Khabarhub

योगी आदित्यनाथको फोटो ट्वीटपछि बाबुराम भट्टराई आलोचित, आगोसँग नखेल्न कमल थापाको चेतावनी


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आज गरेको एउटा ट्वीटको सर्वत्र विरोध भइरहेको छ ।

भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नदीमा दूध चडाई रहेको एउटा फोटो पोस्ट गर्दै डा. भट्टराईले गरेको ट्वीटलाई लिएर आलोचना भएको हो ।

भट्टराईको ट्वीटको आलोचना गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले भट्टराईलाई आगोसँग नखेल्न चेतावनी दिएका छन् ।

उनले भट्टराईलाई मेन्सन गर्दै विश्वास र धर्मलाई तुलना नगर्न आग्रह गरेका छन् ।

योगी आदित्यनाथले खोलामा दूध बगाउँदा तपाईंको टाउको किन दुखेको भन्दै अध्यक्ष थापाले भट्टराईलाई सशस्त्र माओवादी द्वन्द्वकालमा माओवादीले गरेका हिंसात्मक कार्यलाई स्मरण गराएका छन् ।

थापाले भनेका छन्, ‘योगीले खोलामा दूध बगाउँदा तपाईंको टाउको दुख्छ तर तपाईंले आफूले खोलामा मान्छेको रगत बगाएको, मान्छेको लास बगाएको, जिउँदै मान्छेलाई नै बगाएको चाहिँ बिर्सिनु भयो ?’

‘विश्वास एक खतरनाक चिज हो । यसले तपाईंलाई दूध फालेर मूत्र पिलाउँछ ।’ लेखिएको योगी आदित्यनाथको फोटो भट्टराईले ट्वीट गरेका थिए । उनले भारतीय सहपाठीमार्फत उक्त फोटो आएको भन्दै ट्वीट गरेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  २ : ४३ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने