कमला खोलाको बाँध भत्कियो | Khabarhub Khabarhub

कमला खोलाको बाँध भत्कियो


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– बाढीले कमला खोलाको बाँध तीन सय मिटर भत्काएको छ । पश्चिम धनुषा तर्फको बाँध भत्किएको हो । बाढीले सबैला नगरपालिका–१३ स्थित किरतपुर नजिक बाँध भत्काएको कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख एकराज भट्टराईले बताए ।

उनका अनुसार बाँध भत्किएसँगै खेत कटान शुरु भएको छ । बगर हुँदै धान खेततर्फ बाढी पसेको छ ।

बाँध संरक्षणका लागि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले प्रयास गरिरहेका छन् । प्लास्टिकको बोरामा माटो भरेर बाँध संरक्षण कार्य थालिएको हो । बाँध संरक्षण गर्न नसकेको खण्डमा बस्तीमा पानी पस्ने जोखिम रहेको छ । करिब ६ सय मिटर बाँध अझै जोखिममा रहेको भट्टराईले बताए । सबैला नगरपालिकाकै पर्टेबा नजिकको बाँध पनि भत्किने अवस्थामा पुगेको उनले जानकारी दिए ।

कटानलाई नियन्त्रण गर्ने काम मंलगबारदेखि भएपनि अझै नियन्त्रण भएको छैन । ‘नियन्त्रणको प्रयास जारी छ। अझै भइसकेको छैन,’ उनले भने, ‘खोलामा पानीको वेग धेरै छ । १७ फिट तलसम्म पानी छ ।’

संघीय सरकारले बाँध संरक्षणका लागि ५० लाख विनियोजन गरे पनि उक्त रकम अपुग हुने उनले बताए ।

त्यसका लागि प्रदेश सरकारले जाली र प्लास्टिकको बोरा उपलब्ध गराएको उनले बताए ।

बाढीका कारण हुनसक्ने सम्भावित जोखिमबाट स्थानीयहरुलाई सतर्क गराइएको छ । बाँध भत्किएपछि धनुषाका पूर्वीक्षेत्रका गाउँहरू जोखिममा परेका छन् ।

खोलामा बाढी आएपछि स्थानीयहरू रातभर जग्राम बस्ने गरेका छन् । बाढीले धनुषाको सबैला नगरपालिका, शहीदनगर नगरपालिका, कमला नगरपालिका र जनकनन्दनी गाउँपालिकाका गाउँहरु डुबानमा पर्ने जोखिम बढेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ३ : १५ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने