सामन्था र राजको घरमा नयाँ सदस्यको आगमन, छोराको नाम राखे ‘देव’ « Khabarhub

सामन्था र राजको घरमा नयाँ सदस्यको आगमन, छोराको नाम राखे ‘देव’


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुको जीवनमा नयाँ खुसी थपिएको छ। लामो समयदेखि गर्भावस्था र निजी जीवनका कारण चर्चामा रहेकी सामन्थाले पहिलो सन्तानका रूपमा छोरालाई जन्म दिएकी छन्। उनले बिहीबार सामाजिक सञ्जालमार्फत आफू आमा बनेको खुसी प्रशंसकसँग साटेकी हुन्।

सामन्था र उनका पति तथा फिल्म निर्देशक राज निदिमोरुले छोराको नाम ‘देव निदिमोरु’ राखेका छन्। अभिनेत्रीले नवजात शिशुको सानो हात आफ्ना र राजका हातबीचमा राखिएको भावुक तस्बिर सार्वजनिक गर्दै खुसी व्यक्त गरेकी छन्।

उनको  पोस्ट सार्वजनिक हुनासाथ प्रशंसकदेखि फिल्म क्षेत्रका कलाकारसम्मले बधाई र शुभकामना दिन थालेका छन्। अभिनेता वरुण धवन र अभिनेत्री अनन्या पाण्डेले पनि दम्पतीलाई शुभकामना दिएका छन्।

सन्तानको आगमनअघि सामन्था र राजले घरमै विशेष पूजा आयोजना गरेका थिए। त्यसका तस्बिर पनि सामन्थाले सामाजिक सञ्जालमा साझा गरेकी थिइन्। गर्भावस्थाका केही पारिवारिक क्षण सार्वजनिक गरे पनि दुवैले आफ्नो निजी जीवनलाई भने धेरै हदसम्म गोप्य राख्दै आएका थिए।

गर्भावस्थाका कारण अभिनयबाट केही समय विश्राम लिने बताएकी सामन्थाले आफ्नो काम पूरा गरेपछि मेटरनिटी लिभमा जाने र त्यसपछि पुनः चलचित्र क्षेत्रमा फर्किने योजना सुनाएकी थिइन्।

सामन्था र राजले सन् २०२५ डिसेम्बर १ मा विवाह गरेका थिए। उनीहरूले यसअघि ‘द फेमिली म्यान’को दोस्रो सिजन र ‘सिटाडेल स् हनी बनी’मा सँगै काम गरेका थिए। अब पहिलो सन्तानको आगमनसँगै उनीहरूको वैवाहिक जीवनले नयाँ खुसीको अध्याय सुरु गरेको छ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  ५ : २९ बजे

स्थानीय तह सक्षम भए मात्रै सङ्घीयताको अनुभूति हुन्छ : ओली

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहलाई सक्षम र

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस

भारत ‘ए’ को १ सय रन पूरा

काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत

सामन्था र राजको घरमा नयाँ सदस्यको आगमन, छोराको नाम राखे ‘देव’

एजेन्सी – दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुको जीवनमा नयाँ खुसी

कोप–३१ को मस्यौदामा हिमालसम्बन्धी छुट्टै कार्य कार्यक्रम प्रस्ताव

काठमाडौँ– जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन