नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर « Khabarhub

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी प्राथमिक तहको शिक्षक पदमा नियुक्त भई लाभ तथा सुविधा लिएको आरोपमा एक शिक्षकमाथि आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । 

आयोगले बाराको सुवर्ण गाउँपालिका-६ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, मझरियामा कार्यरत शिक्षक धर्मेन्द्रप्रसाद यादवले शिक्षण पेसामा प्रवेश गर्दा पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीका आधारमा अनुसन्धान गरिएको थियो ।

अनुसन्धानका क्रममा यादवले विहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट जारी भएको देखिने इन्टरमिडिएट तह अर्थात् आईए तहको झुट्टा तथा नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेस गरी अभिलेखमा राखेको पुष्टि भएपछि आरोपपत्र दायर गरेको हो । 

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार नक्कली प्रमाणपत्रका आधारमा राष्ट्रसेवकका रूपमा प्राथमिक तहको शिक्षक पदमा कार्यरत रही पद, ओहोदा, लाभ तथा सुविधा प्राप्त गरेको देखिएकाले यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजायको मागदाबीसहित आरोपपत्र दायर गरिएको हो ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  ५ : ३७ बजे

संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ : आयोग

काठमाडौँ–  निर्वाचन आयोगले संविधान र कानुनको मर्म बमोजिम स्थानीय तह

स्थानीय तह सक्षम भए मात्रै सङ्घीयताको अनुभूति हुन्छ : ओली

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहलाई सक्षम र

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस

भारत ‘ए’ को १ सय रन पूरा

काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत

सामन्था र राजको घरमा नयाँ सदस्यको आगमन, छोराको नाम राखे ‘देव’

एजेन्सी – दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुको जीवनमा नयाँ खुसी