बीपीको योगदानको स्मरण गर्दै ३९ औँ स्मृति दिवस मनाइयो « Khabarhub

बीपीको योगदानको स्मरण गर्दै ३९ औँ स्मृति दिवस मनाइयो


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

बीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले देशभर विभिन्न कार्यक्रम आयोजना गरेका छन् । त्यस्तै कांग्रेस पार्टी कार्यालयमा कोइरालाको तस्वीरमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । उनले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिएका थिए ।

तर दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले संसद् अपदस्त गरेपछि उनले लामो समय निर्वासन र जेल जीवन बताउनु पर्‍यो ।

पछि बीपी विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्तिबीचको एकता महत्वपूर्ण हुने भन्दै राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।

उनले प्रवर्द्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ । कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ३ : ५२ बजे

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि