बीपीको योगदान अतुलनीय : प्रधानमन्त्री देउवा « Khabarhub

बीपीको योगदान अतुलनीय : प्रधानमन्त्री देउवा


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाले राजनीति, साहित्य र मनोविज्ञानको क्षेत्रमा गरेको योगदान अतुलनीय रहेको बताएका छन् ।

बुधबार बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले भर्चुअल रुपमा आयोजना गरेको बीपी पुण्य तिथि विशेष कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले बीपी कोइराला ‘बहुमुखी नेता’ भएको भन्दै उनीबाट धेरै पाठ सिकेर अघि बढ्नुपर्ने धारणा राखे ।

उनले बीपीले आफ्नो ज्यानको परवाह नगरी प्रजातन्त्रका लागि संघर्ष गरेको भन्दै बीपीलाई स्मरण गर्दा मात्रै पनि कांग्रेसमा उत्साह बढ्ने जिकिर गरे । बीपीले बोलेका भाषण मात्रै सुन्दा पनि धेरै ज्ञान मिल्ने उनले बताए ।

कार्यक्रममा सहभागी अन्य नेताहरुले बीपी कोइरालाले गरेको समाजवादको व्याख्या समकालिन विश्वमै अनुकरणीय रहेको धारणा राखेका थिए । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औं स्मृति दिवस कांग्रेसले कोरोनाका कारण भर्चुअल रुपमा मनाएको हो ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ४ : १८ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले