माधव नेपाल पक्षले भन्यो : पार्टी एकता प्रक्रियालाई प्रभावित पार्ने गतिविधि रोकियोस् « Khabarhub

माधव नेपाल पक्षले भन्यो : पार्टी एकता प्रक्रियालाई प्रभावित पार्ने गतिविधि रोकियोस्


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी एकता प्रक्रियालाई प्रभावित पार्ने गरी भइरहेका नाराजुलुस बन्द गर्न माग गरेको छ ।

नेपाल समूहको बुधबार भएको स्थायी कमिटीको बैठकले एकता प्रक्रिया चलिरहेको अवस्थामा त्यसलाई प्रभावित पार्ने गतिविधि रोक्न माग गर्ने निर्णय गरेको हो ।

नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको बैठकले एकताको प्रक्रिया चलिरहेको अवस्थामा वरिष्ठ नेता नेपालविरुद्ध भइरहेका नाराजुलुस बन्द गरी एकता प्रक्रियालाई अघि बढाउन अध्यक्ष ओलीसँग माग गर्ने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए ।

‘एकताको लागि वार्ता चलिरहेको र १० बुँदे सहमति बुझाएको अवस्थामा स्पष्टीकरण सोध्ने, वरिष्ठ नेता नेपालविरुद्ध नाराजुलुस गर्ने एवं पुत्ला जलाउने, संविधान र सर्वोच्च अदालतको फैसलाअनुरुप आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदहरुलाई आतंकित पार्ने र उनीहरुविरुद्ध उत्तेजक गतिविधि गर्ने र नाराजुलुस गर्ने काम तत्काल रोकिनुपर्छ ।’ उनले भने, ‘यस्ता गलत र उत्तेजक कार्यविरुद्ध खेद व्यक्त गर्दै यस्ता गतिविधिलाई तत्काल रोकेर पार्टी एकताको कामलाई गम्भीरताका साथ अगाडि बढाउन यो बैठक पार्टी अध्यक्ष कमरेडको ध्यानाकर्षण गराउँछ ।’

स्थायी कमिटी सदस्यहरूको बैठकले सर्वोच्चको आदेशअनुसार विश्वासको मत दिएकै आधारमा सांसदहरुलाई स्पष्टीकरण सोध्नुसमेत गलत रहेको निष्कर्ष निकालेको नेता पन्तले जानकारी दिए । उनले भने, ‘यो स्पष्टीकरण सोध्नु पर्ने विषय होइन । एकता प्रक्रियामा भाँजो हाल्ने काम गरिनु हुँदैन । एकतामा असर पुग्ने काम कतैबाट पनि हुनुहुन्न भन्ने हाम्रो मान्यता हो ।’

यसअघि नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने २२ जना सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

आजको बैठकमा नेपाल समूहमा रहेका स्थायी कमिटी सदस्य भीम रावल भने सहभागी नभएको जनाइएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ४ : ४८ बजे

प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं– एनसेलले १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन

अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु

काठमाडौं– अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई

कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत अनुदान, सो भन्दा माथि ५० मात्रै

काठमाडौं– सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी व्यवसायमा हुन सक्ने आर्थिक

आयल निगमको तथ्याङ्क : ५ महिना यताकै सबैभन्दा बढी ग्यास आयात 

काठमाडौं– देशका विभिन्न स्थानमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्तामा