माधव नेपाल पक्षले भन्यो : पार्टी एकता प्रक्रियालाई प्रभावित पार्ने गतिविधि रोकियोस् | Khabarhub Khabarhub

माधव नेपाल पक्षले भन्यो : पार्टी एकता प्रक्रियालाई प्रभावित पार्ने गतिविधि रोकियोस्


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी एकता प्रक्रियालाई प्रभावित पार्ने गरी भइरहेका नाराजुलुस बन्द गर्न माग गरेको छ ।

नेपाल समूहको बुधबार भएको स्थायी कमिटीको बैठकले एकता प्रक्रिया चलिरहेको अवस्थामा त्यसलाई प्रभावित पार्ने गतिविधि रोक्न माग गर्ने निर्णय गरेको हो ।

नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको बैठकले एकताको प्रक्रिया चलिरहेको अवस्थामा वरिष्ठ नेता नेपालविरुद्ध भइरहेका नाराजुलुस बन्द गरी एकता प्रक्रियालाई अघि बढाउन अध्यक्ष ओलीसँग माग गर्ने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए ।

‘एकताको लागि वार्ता चलिरहेको र १० बुँदे सहमति बुझाएको अवस्थामा स्पष्टीकरण सोध्ने, वरिष्ठ नेता नेपालविरुद्ध नाराजुलुस गर्ने एवं पुत्ला जलाउने, संविधान र सर्वोच्च अदालतको फैसलाअनुरुप आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदहरुलाई आतंकित पार्ने र उनीहरुविरुद्ध उत्तेजक गतिविधि गर्ने र नाराजुलुस गर्ने काम तत्काल रोकिनुपर्छ ।’ उनले भने, ‘यस्ता गलत र उत्तेजक कार्यविरुद्ध खेद व्यक्त गर्दै यस्ता गतिविधिलाई तत्काल रोकेर पार्टी एकताको कामलाई गम्भीरताका साथ अगाडि बढाउन यो बैठक पार्टी अध्यक्ष कमरेडको ध्यानाकर्षण गराउँछ ।’

स्थायी कमिटी सदस्यहरूको बैठकले सर्वोच्चको आदेशअनुसार विश्वासको मत दिएकै आधारमा सांसदहरुलाई स्पष्टीकरण सोध्नुसमेत गलत रहेको निष्कर्ष निकालेको नेता पन्तले जानकारी दिए । उनले भने, ‘यो स्पष्टीकरण सोध्नु पर्ने विषय होइन । एकता प्रक्रियामा भाँजो हाल्ने काम गरिनु हुँदैन । एकतामा असर पुग्ने काम कतैबाट पनि हुनुहुन्न भन्ने हाम्रो मान्यता हो ।’

यसअघि नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने २२ जना सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

आजको बैठकमा नेपाल समूहमा रहेका स्थायी कमिटी सदस्य भीम रावल भने सहभागी नभएको जनाइएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ४ : ४८ बजे

रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडित प्रहरी नियन्त्रणमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नम्बर ३

विपद्को सामना गर्न क्षमता विस्तारमा महामन्त्री थापाको जोड

भक्तपुर– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विभिन्न विपद्को जोखिमसँग सामना

क्याबिन क्रुको आन्दोलन फिर्ता, आजैबाट काममा फर्कने

काठमाडौं– ४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलनमा नेपाल

आगामी उपनिर्वाचन र ०८४ मा माओवादी एक्लै प्रतिष्पर्धामा जाने

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी उपनिर्वाचन

अमेरिकाद्वारा हुथी नियन्त्रित १५ वटा लक्ष्यमा आक्रमण

एजेन्सी– अमेरिकी सेनाले शुक्रबार यमनको हुथी नियन्त्रित क्षेत्रको १५ वटा