सरकारको ‘न्यूनतम साझा’ कार्यक्रम तय गर्न माओवादी केन्द्रको आह्वान « Khabarhub

सरकारको ‘न्यूनतम साझा’ कार्यक्रम तय गर्न माओवादी केन्द्रको आह्वान


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम तय गर्नका लागि आह्वान गर्ने निर्णय गरेको छ ।

आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तय गर्न गठित कार्यदललाई आह्वान गर्ने निर्णय गरेको हो ।

स्थायी कमिटी बैठकले सरकार सञ्चालनका लागि संविधान र कानूनभित्र रहेर न्यूनतम नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेको भन्दै नेता नारायणकाजी श्रेष्ठले भने,‘गठबन्धनको सरकारालई न्यूनतम साझा कार्यक्रम वा साझा प्रतिवद्धतामार्फत् अगाडि बढ्नुपर्ने भएकाले छिटो गठबन्धनका पार्टी सम्मिलित भएर साझा कार्यक्रमहरु तुरुन्त तय गर्न आह्वान गर्ने निर्णय भएको छ ।’

सरकारलाई विश्वासको मत दिने सबै राजनीतिक दलका नेताहरुलाई धन्यवाद दिने निर्णय समेत गरेको नेता श्रेष्ठले जानकारी दिए ।

ओली सरकारविरुद्ध संघर्ष गर्दा विपक्षी गठबन्धनले अघि सारेको एजेण्डाअनुसार वर्तमान सरकारको कामकारबाही अघि बढाउने विषयमा समेत स्थायी कमिटिमा छलफल भएको छ ।

नेता श्रेष्ठले भने,‘प्रतिगमनविरोधी संघर्ष गर्दा, प्रतिगामी कदमलाई असफल पार्नुका साथै असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, असहिष्णु र भ्रष्ट प्रवृत्तीको हामीले विरोध गरेका थियौं ।’

उनले भने,‘अबको सरकारका नीति योजना कामकारबाही व्यवहार र आचरण पहिला हामीले जुन कुराका विरुद्ध संघर्ष गरेका थियौं । त्यस्तो हुनुहुँदैन । हिजोको प्रवृत्ति देखिनुहुँदैन । यसमा जोड गर्ने भनेर निर्णय गरेको छ ।’

गठबन्धनहरुसँग रहेका सबै दलहरुसँग छलफल गरेर सकेसम्म सबै पार्टीबाट प्रतिनिधित्व हुनेगरी सरकारलाई पुर्णता दिने नेता श्रेष्ठले बताए ।

पार्टी निर्माणका बारेमा छलफल गर्न केन्द्रिय कमिटिको बैठक साउन २० गते र केन्द्रीय कमिटिको बैठकको तयारीका लागि साउन १७ गते स्थायी कमिटीको बैठक बोलाउने निर्णय समेत माओवादीले गरेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ५ : १६ बजे

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि