सङ्क्रमणकालीन न्याय छिटो दिन माग « Khabarhub

सङ्क्रमणकालीन न्याय छिटो दिन माग


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दशवर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भएको लामोसमय बितिसक्दा पनि सङ्क्रमणकालीन न्याय निष्कर्षमा पुग्न सकेको छैन ।

शान्ति प्रक्रियाका धेरै काम पूरा भए पनि पीडितलाई न्याय दिने काम आफै पूरा हुनसकेको छैन । द्वन्द्वका पीडित पक्षले न्याय निरुपणको काम छिटो अगाडि बढाउन माग गरिरहेका छन् । मिडिया एड्भोकेसी ग्रुप (म्याग) ले आज आयोजना गरेको ‘सत्य निरुपण आयोग र न्यायका मुद्दा’ विषयक अन्तरक्रियाका सहभागी द्वन्द्वपीडित तथा घाइतेहरुले छिटो न्यायका लागि आग्रह गरे ।

कर्णाली प्रदेशको आन्तारिक मामिला तथा कानूनमन्त्री सीता नेपालीले पीडितलाई न्याय दिन ढिला भइरहेको र वर्तमान सरकारले तत्काल न्याय दिन पहल गर्नुपर्ने बताइन् । सत्तापक्ष र विद्रोहीपक्ष अहिले सरकारमा रहेको अवस्थामा भएकाले पीडितलाई न्याय दिनुपर्ने वर्तमान सरकारको काँधमा रहेको उनको भनाइ थियो ।

उनका अनुसार कर्णाली प्रदेशका तर्फबाट शहीद र घाइते परिवारलाई जीविकोपार्जनसम्बन्धी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र ललितपुर स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग पनि सहकार्य गरेर घाइतेको उपचार भइरहेको छ ।

अधिवक्ताद्धय गोविन्द बन्दी र एकराज भण्डारीले उक्त विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा पीडितको अपनत्व हुनेगरी सर्वोच्च अदालतको फैसलाअनुसार ऐन संशोधन गरेर पीडितलाई न्याय दिनुपर्ने उल्लेख छ ।

कार्यक्रममा सहभागी द्वन्द्वपीडितले न्यायका लागि पर्खाइ लामो भएको र छिटो न्याय दिने विषयमा राज्यले सोच्नुपर्ने र न्याय दिन राजनीतिक दल इमान्दार हुनुपर्ने धारणा राखेका थिए । म्यागका संस्थापक अध्यक्ष बबिता बस्नेतले द्वन्द्वपीडितलाई न्याय दिन भइरहको प्रक्रिया र न्याय छिटो दिलाउन पहल गर्ने उद्देश्य साथ छलफलको आयोजना गरेको बताइन् ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ५ : ५९ बजे

विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

काँकडभिट्टा–लौकही सडक धमाधम विस्तार गरिँदै

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– वर्षापछिको बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग

बासी खाना खुवाउने होटललाई २५ हजार रुपैयाँ जरिवाना

दाङ– यात्रुलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक होटललाई

मध्यपूर्व तनावबीच क्यास्पियन सागरमा इरानी जहाजमाथि हमला, युक्रेन र इरान आमनेसामने

तेहरान – क्यास्पियन सागरमा आफ्नो व्यावसायिक जहाजमाथि युक्रेनले ड्रोन तथा