प्रतिबन्धित ‘रेड बुल’ ठूलो मात्रामा बरामद, चार जना पक्राउ « Khabarhub

प्रतिबन्धित ‘रेड बुल’ ठूलो मात्रामा बरामद, चार जना पक्राउ


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले प्रतिबन्ध लगाएको क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ ‘रेड बुल’ बिक्री गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ बबरमहल बस्ने प्रणव स्टोर न्यूरोडका सञ्चालक ४४ वर्षीय रबिनराज श्रेष्ठ, गोंगबु बस्ने ३६ वर्षीय राजु पौडेल, निलो पुल बस्ने शक्तिमाता स्टोर कपनका सञ्चालक ३१ वर्षीय धनबहादुर श्रेष्ठ र भक्तपुर गोठाटार बस्ने ३६ वर्षीय वीरेन्द्र चौधरी रहेका छन्।

महानगरीय अपराध महाशाखा काठमाडौंद्वारा खटिएको प्रहरी टोलीले उनीहरुलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो।

क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ रेड बुल, फ्लेभर सेन्थेटिक ड्रिंक्स र यस्तै प्रकारका पेय पदार्थहरु उपत्यकाका विभिन्न स्थानमा रहेका होलसेल सप्लायर्स तथा मार्टहरुले बाह्य मुलुकमा उत्पादित इनर्जी ड्रिंक्स नेपालमा ल्याई विक्री गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ।

पक्राउ परेका चारैजनाबाट जम्मा २०२ कार्टुन (४ हजार ८४८ थान) रेडबुल बरामद भएको प्रहरीले जनाएको छ । जसमध्ये ८४ कार्टुन रेडबुल बा २१ च १२५ नम्बरको टाटा पिकअप भ्यानमा राखी वीरेन्द्र चौधरीले नयाँवस्ती गोठाटारमा विक्री गरिरहेको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ७ : ४७ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी