प्रतिबन्धित ‘रेड बुल’ ठूलो मात्रामा बरामद, चार जना पक्राउ « Khabarhub

प्रतिबन्धित ‘रेड बुल’ ठूलो मात्रामा बरामद, चार जना पक्राउ


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले प्रतिबन्ध लगाएको क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ ‘रेड बुल’ बिक्री गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ बबरमहल बस्ने प्रणव स्टोर न्यूरोडका सञ्चालक ४४ वर्षीय रबिनराज श्रेष्ठ, गोंगबु बस्ने ३६ वर्षीय राजु पौडेल, निलो पुल बस्ने शक्तिमाता स्टोर कपनका सञ्चालक ३१ वर्षीय धनबहादुर श्रेष्ठ र भक्तपुर गोठाटार बस्ने ३६ वर्षीय वीरेन्द्र चौधरी रहेका छन्।

महानगरीय अपराध महाशाखा काठमाडौंद्वारा खटिएको प्रहरी टोलीले उनीहरुलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो।

क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ रेड बुल, फ्लेभर सेन्थेटिक ड्रिंक्स र यस्तै प्रकारका पेय पदार्थहरु उपत्यकाका विभिन्न स्थानमा रहेका होलसेल सप्लायर्स तथा मार्टहरुले बाह्य मुलुकमा उत्पादित इनर्जी ड्रिंक्स नेपालमा ल्याई विक्री गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ।

पक्राउ परेका चारैजनाबाट जम्मा २०२ कार्टुन (४ हजार ८४८ थान) रेडबुल बरामद भएको प्रहरीले जनाएको छ । जसमध्ये ८४ कार्टुन रेडबुल बा २१ च १२५ नम्बरको टाटा पिकअप भ्यानमा राखी वीरेन्द्र चौधरीले नयाँवस्ती गोठाटारमा विक्री गरिरहेको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ७ : ४७ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने