काठमाडौंको भोटेबहालबाट जुवा खेल्दै १२ जना पक्राउ, ३ लाख ७० हजार नगद बरामद « Khabarhub

काठमाडौंको भोटेबहालबाट जुवा खेल्दै १२ जना पक्राउ, ३ लाख ७० हजार नगद बरामद


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको भोटेबहालबाट जुवा खेल्दै गरेका १२ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

महानगरीय वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले घरधनीसहित दोलखा चरिकोटका हरिशरण थापा, भारतको रक्सौल घर भई काठमाडौँ बस्ने राहुल गुप्ता, धादिङ गङ्गाजमुनाका सुमन अधिकारी, काभ्रेपलाञ्चोकका क्षेत्रबहादुर मोक्तान, काठमाडौँ शान्तिनगरका ज्योतिप्रकाश श्रेष्ठ, काठमाडौँ जैसीदेवलकी रञ्जना प्रधान, बागलुङकी सिर्जना खत्री, धादिङ मलेखुकी सरिता मल्ल गुरुङ, काभ्रेपलाञ्चोकका लक्ष्मी बानियाँ, झापा हल्दीबारीका चिना नेम्वाङ र भारत गुजरातका पुष्पा अलीलाई पक्राउ गरेको हो ।

उनीहरूका साथबाट ३ लाख नगद, ३ लाख ७० हजार रुपैयाँ बराबरको चेक र २१ बुक तास बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ९ : ३६ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि