नवजात शिशु कसरी स्याहार्ने ? « Khabarhub

नवजात शिशु कसरी स्याहार्ने ?


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

– नवशिशु जन्मिने वित्तिकै सफा नरम कपडाले पुछेर सुख्खा पार्नुपर्छ ।

– नवशिशुको नाभी काट्नेबित्तिकै नाभी मलम लगाउनुपर्छ । अन्य कुनै पनि कुरा लगाउनु हुँदैन । नवशिशुलाई जन्मेको १ घन्टाभित्र आमाको बिगौती दूध खुवाउनुपर्छ ।

– नवशिशुलाई आमाको छातीमा टाँसेर न्यानो पारेर राख्नुपर्छ ।

– नवशिशुलाई २४ घन्टासम्म नुहाइदिनु हुँदैन ।

– ठूलो बच्चाहरुभन्दा नवशिशुहरु चाँडै बिरामी हुने र चाँडै सिकिस्त हुने हुनाले समयमै विशेष ध्यान दिनुपर्छ । नवशिशुलाई संक्रमण हुनबाट जोगाउन धेरै भिडभाड भएको स्थानमा लैजानु हुँदैन ।

– शिशुलाई छुँदा, स्तनपान गराउँदा साबुनपानीले मिचीमिची अनिवार्य रुपमा हात धुनुपर्छ । नवशिशुलाई २४ घन्टामा कम्तीमा १० देखि १२ पटकसम्म आमाको दूध खुवाउनुपर्छ । शिशुलाई जन्मेदेखि ६ महिनासम्म अनिवार्य रुपमा आमाको दूध मात्र खुवाउनुपर्छ ।

– नवशिशुलाई खतराका लक्षणहरु देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा लैजानुपर्छ । बच्चा जन्मेको ३५ दिनभित्र अनिवार्य रुपमा जन्म दर्ता गराउनुपर्छ ।

– नेपाल सरकारले नवशिशु बिरामी तथा मृत्यु दर घटाउन निःशुल्क नवशिशु उपचार गर्ने व्यवस्था सबै स्वास्थ्य संस्थामा गरेको छ, कुनै समस्या परेमा तुरुन्त स्वास्थ्यसंस्थामा लगिहाल्नुपर्छ ।

साभार : ‘स्वास्थ्य खबरपत्रिका’ पुस्तकबाट

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ५ : ४५ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक