तालिबानद्वारा अफगानिस्तानका घरघरमा खानतलासी : राष्ट्रसङ्घ « Khabarhub

तालिबानद्वारा अफगानिस्तानका घरघरमा खानतलासी : राष्ट्रसङ्घ


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल (एएफपी)- अफगानिस्तानमा तालिबानहरुले घर–घर जाँदै विपक्षीहरु र उनीहरुको परिवारको खानतलासी गरिरहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

राष्ट्रसङ्घले तयार पारेको एउटा दस्तावेजमा अफगानिस्तानमा तालिबानहरुले बदलाको भावना अनुसारको व्यवहार गर्ने डर रहेको उल्लेख गरिएको छ ।

“अफगानिस्तानका नयाँ शासकहरु सहिष्णुताको प्रतिज्ञाबाट पछि हट्दै गरेका देखिएको छ,” दस्तावेजमा लेखिएको छ ।

सरकारी सेनालाई पराजित गरी दुई दशकको युद्ध अन्त्य हुनेगरी यही अगस्त १५ का दिन अफगानिस्तानको केन्द्रीय राजधानी काबुल तालिवानले कब्जा गरेपछि उनीहरुले शासन सुरु गरेका छन् ।

कट्टरपन्थी इस्लामी आन्दोलनका नेताहरुले सरकारको पूर्वअधिकारीहरु र यसअघि तालिबानको विपक्षीका लागेका सवैलाई आममाफी दिने घोषणा गरे पनि व्यवहार भने त्यस्तो नभएको दस्तावेजमा उल्लेख गरिएको छ ।

उनीहरुले महिलाहरुको स्वतन्त्रता नखोसिने, उनीहरुप्रति उदार भावना राख्ने, अघिल्लो शासनकालको भन्दा प्रजातन्त्रीक व्यवस्था लागू गर्ने अपेक्षा पनि धेरैले गरेका थिए ।

काबुललाई नियन्त्रणमा लिएपछिको पहिलो पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ताले इस्लामिक कानुनअन्तर्गत नै महिलाको अधिकारलाई सम्मान गर्ने बताएका थिए ।

तालिवान समूहको खानतलासी र उनीहरुले देखाउन थालेको व्यवहारका कारण अझै पनि हजारौँ मानिसहरु उडानहरुमार्फत राजधानीबाट भाग्ने कोसिस गरिरहेको राष्ट्रसङ्घले तयार पारेको प्रतिवेदनमा लेखिएको छ ।

राष्ट्रसङ्घका लागि गोप्य सूचना सङ्कलन गर्ने आरएचआईपीटीओ (रिप्टो) नर्वेजियन सेन्टर फर ग्लोबल एनालाइसिसको एउटा अति गोप्य सो दस्तावेजमा विपक्षीहरुलाई तालिवान समूहका व्यक्तिहरुले धम्क्याउने गरेको दाबी पनि गरिएको छ ।

तालिबानको नकारात्मक सूचीमा रहेकाहरूलाई एकदमै धेरै सुरक्षा खतरा रहेको र अफगानिस्तानमा आत्महत्याका घटना बढ्न सक्ने चिन्ता पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

राजधानी काबुलसहित देशभरि नै अहिले धेरै मानिस त्रसित अवस्थामा रहेको पाइएको छ । काबुलस्थति विमानस्थल बाहिरको अवस्था झनै अस्तव्यस्त रहेको छ । तर, तालिबान समूहले भने भाग्न खोज्ने अफगानी नागरिकहरुलाई रोकिरहेको छ ।

तत्कालीन सरकारलाई सघाउन अमेरिकाले खटाएको सेना फिर्ता भएपछि तत्कालीन तालिबान विद्रोही समूहले विभिन्न प्रदेशहरुको राजधानी कब्जा गर्न थालेको एक हप्तामा केन्द्रीय राजधानी कब्जा गरेको हो ।

उनीहरुले राजधानी कब्जा गर्ने सुनिश्चित भएपछि राष्ट्रपति अशरफ घानीले नै देश छोडेर भागेपछि अफगानिस्तानको शासन अहिले तालिवान समूहको हातमा आएको छ ।

राष्ट्रपति भागेसँगै उनीहरू २० वर्षपछि पुनः अफगान सत्तामा पुगेका छन् । बीस वर्षअघि अमेरिकी नेतृत्वको फौजले उनीहरुलाई सत्ताबाट हटाइदिएको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ६ : ३० बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक