नेपाल ‘भ्रमण वर्ष २०२०’को प्रचार खर्च ३० करोड « Khabarhub

नेपाल ‘भ्रमण वर्ष २०२०’को प्रचार खर्च ३० करोड


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल ‘भ्रमण वर्ष २०२०’को प्रचार खर्च ३० करोड खर्च भएको छ । सरकारले ‘भिजिट नेपाल २०२०’ को प्रचारका नाममा गरेको करोडौं रुपैयाँ खर्च त्यतिकै खेर गएको देखाएको छ ।

सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने योजनासहित कार्यक्रमहरु तय गरेको थियो ।

विश्वमा महामारीको रुपमा कोरोना भाइरस फैलिँदा ३० करोड ३९ लाख ८८ हजार रुपैयाँ खर्च खेर गएको हो ।

महालेखाको ५८ औं प्रतिवेदनले भ्रमण वर्षको योजनामा कोरोना बाधक बनेपनि करोडौं रकम खर्च भएको देखाएको छ ।
प्रतिवेदनले प्रचार–प्रसार, उद्घाटन, खेल इभेन्ट अन्तर्राष्ट्रिय सम्मेलन/गोष्ठी/सेमिनारमा भएको उक्त रकम अनुत्पादन भएको उल्लेख छ ।

सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष बनाएर २० लाख विदेशी पर्यटक नेपाल ल्याउने लक्ष्य लिएको थियो । तर, विश्वव्यापी रुपमा कोरोना महामारी फैलिँदा अहिले पर्यटन व्यवसाय सबैभन्दा बढी प्रभावित बनेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  १० : ४० बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार