नयाँ उद्योगीलाई सहुलियत ब्याजमा ऋण दिन एक अर्बको कोष बन्दै « Khabarhub

नयाँ उद्योगीलाई सहुलियत ब्याजमा ऋण दिन एक अर्बको कोष बन्दै


५ भदौ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले नयाँ उद्योग सञ्चालन गर्नेलाई प्रोत्साहनको तयारी गरेको छ । त्यसका लागि सरकारले नयाँ उद्योग सञ्चालन गर्नेलाई एक प्रतिशत ब्याजदरमा ऋण दिने परियोजना तयार पारिरहेको छ ।

सरकारले बजेटमा नै समावेश गरी नयाँ उद्योगीलाई सस्तो ब्याजमा ऋण दिन एक अर्बको कोष स्थापना गर्ने काम अन्तिम चरणमा पुगेको हो ।

अहिले कोष स्थापनाको काम भइरहेको र छिटै ऋण दिने कार्यविधि बन्ने अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले बताए । उनका अनुसार बिजनेश आइडिया धितो राखेर ऋण पाउने व्यवस्था मिलाउन लागिएको छ ।

प्रवक्ता आचार्यले कोषबाट ऋण पाउन फरक प्रकारको व्यवसायको अवधारणा हुनुपर्नेछ । कोष निर्माणको काम सकिएपछि ‘स्टार्ट अप’ बिजनेशका लागि आवेदन दिन सकिने छ ।

यसअघि पनि स्टार्ट अप बिजनेस गर्नेहरुका लागि सरकारले ५० लाख रुपैयाँ सहुलियतमा ऋण दिने भनिएको थियो । जसमा १२ सयले आवेदन पनि दिएका थिए । पछि अर्थ मन्त्रालयले रकम निकासा नगर्दा परियोजना प्रभावित भएको थियो । अर्थ मन्त्रालयका प्रवक्ता अर्यालले यसपटक भने पहिलाको जस्तो नहुने दावी गरेका छन् ।

प्रकाशित मिति : ५ भदौ २०७८, शनिबार  ९ : २० बजे

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान