नयाँ उद्योगीलाई सहुलियत ब्याजमा ऋण दिन एक अर्बको कोष बन्दै « Khabarhub

नयाँ उद्योगीलाई सहुलियत ब्याजमा ऋण दिन एक अर्बको कोष बन्दै


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले नयाँ उद्योग सञ्चालन गर्नेलाई प्रोत्साहनको तयारी गरेको छ । त्यसका लागि सरकारले नयाँ उद्योग सञ्चालन गर्नेलाई एक प्रतिशत ब्याजदरमा ऋण दिने परियोजना तयार पारिरहेको छ ।

सरकारले बजेटमा नै समावेश गरी नयाँ उद्योगीलाई सस्तो ब्याजमा ऋण दिन एक अर्बको कोष स्थापना गर्ने काम अन्तिम चरणमा पुगेको हो ।

अहिले कोष स्थापनाको काम भइरहेको र छिटै ऋण दिने कार्यविधि बन्ने अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले बताए । उनका अनुसार बिजनेश आइडिया धितो राखेर ऋण पाउने व्यवस्था मिलाउन लागिएको छ ।

प्रवक्ता आचार्यले कोषबाट ऋण पाउन फरक प्रकारको व्यवसायको अवधारणा हुनुपर्नेछ । कोष निर्माणको काम सकिएपछि ‘स्टार्ट अप’ बिजनेशका लागि आवेदन दिन सकिने छ ।

यसअघि पनि स्टार्ट अप बिजनेस गर्नेहरुका लागि सरकारले ५० लाख रुपैयाँ सहुलियतमा ऋण दिने भनिएको थियो । जसमा १२ सयले आवेदन पनि दिएका थिए । पछि अर्थ मन्त्रालयले रकम निकासा नगर्दा परियोजना प्रभावित भएको थियो । अर्थ मन्त्रालयका प्रवक्ता अर्यालले यसपटक भने पहिलाको जस्तो नहुने दावी गरेका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ९ : २० बजे

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित