मोटरसाइकल बिग्रिएर हैरान हुनुहुन्छ ? अपनाउनोस् यी उपाय | Khabarhub Khabarhub

मोटरसाइकल बिग्रिएर हैरान हुनुहुन्छ ? अपनाउनोस् यी उपाय


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिलेको समयमा मोटरसाइकलको प्रयोग सामान्य भइसक्यो । प्रायः धेरै मानिससंग अहिले मोटरसाइकल हुने गर्दछ । तर जानअन्जानमा धेरैले यसको सुरक्षामा ध्यान दिँदैनन् ।

मनलाग्दी स्पिड बढाएर कुदाउने, सडकको अवस्था विपरीत हाक्ने, दायाँबायाँ नहेरी कुदाउँने गर्दा मोटरसाइकल चाँडै बिग्रन्छ । यस्तोमा यात्रा गरिरहेका वेला यसले धोका दिनसक्छ । यस्तोमा बीचबाटोमा पुगेर मोटरसाइकल बिग्रियो भने दुःख पाउन सकिन्छ । यस्तोमा मोटरसाइकलको सुरक्षा कसरी गर्ने त ?

ध्यान दिनुपर्ने कुराहरु :

क) गुणस्तरीय तेलको प्रयोग

मोटरसाइकलमा सबैभन्दा बढी हुने लापरबाही भनेको यसमा प्रयोग गर्ने तेल हो । विश्वासिलो पेट्रोल पम्पबाट तेल नभर्दा यसको गुणस्तरमा प्रश्न उठ्न सक्छ । तसर्थ जस्तो पायो त्यस्तै तेलको प्रयोग गर्नुको सट्टा विश्वाशिलो पेट्रोल पम्पबाटै तेल भर्नु पर्दछ ।

ख) मोविलको गुणस्तर

हरेक मोटरसाइकलको जीवन भनेको यसमा प्रयोग गरीने मोविल हो । तसर्थ मोविल प्रयोग गर्दा गुणस्तरीय मात्र प्रयोग गर्नु पर्दछ । अन्यथा मोटरसाइकलको इन्जिन चाँडै बिग्रने खतरा हुन्छ । साथै मोविल प्रयोग गर्दा आफ्नो सामुन्नेमा सिल खोलेर मात्र हाल्न मेकानिकलाई अह्राउनु पर्दछ । अन्यथा गलत वा प्रयोग भइसकेको मोविल प्रयोगबाट ठगिन सक्नु हुन्छ ।

ग) २ हजार किलोमिटर वा ३ महिनामा सर्भिसिङ

बाइक किनेपछि धेरैले यसको सर्भिसिङमा ध्यान दिदैँनन् । तर समयमा सर्भिसिङ नगर्दा मोटरसाइकल बिग्रन्छ । तसर्थ अनिवार्य २ हजार किलोमिटर गुडेपछि अथवा हरेक ३ महिनामा अनिवार्य सर्भिसिङ गर्नु पर्दछ ।

घ) पार्किङ गर्दा छोप्ने

धेरैले मोटरसाइकल पार्किङ गर्दा घाम वा पानीमा त्यसै छाड्ने गर्दछन् । तर हरेक यात्रापछि मोटरसाइकल पार्किङ गर्दा अनिवार्य छोप्नु पर्दछ । यसकालागि बजारमा पाइने मोटरसाइकल कभर वा छत भएको घर वा ओत लाग्ने स्थान हुनु पर्दछ ।

ङ) कम्पनीको सामान प्रयोग

धेरैले ध्यान नदिने अर्को कुरा हो, मोटरसाइकल मर्मतमा प्रयोग गर्ने सामान । धेरैले आफ्नो मोटरसाइकलको कम्पनी बाहिरको सामान समेत प्रयोग गर्दछन् । तर यो एकदमै गलत हो । तसर्थ अनिवार्य रूपमा मोटरसाइकलको कम्पनीको मात्र सामान प्रयोग गर्नु पर्दछ । यसो गरे मोटरसाइकल बिग्रने डर हुँदैन ।

च) अन्य जानकारी

मोटरसाइकलमा ध्यान दिने अन्य कुरा भनेको स्पार्क प्लग, पांग्राको हावा, क्लज, एक्सिलेटर, इन्जिन आयलको लेबललगायतका बिषयमा नियमित जाँच गर्नु पर्दछ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ८ : १३ बजे

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता