पर्शुराम राई स्मृति प्रतिष्ठानद्वारा स्वास्थ्य तथा खेलकुद सामग्री वितरण | Khabarhub Khabarhub

पर्शुराम राई स्मृति प्रतिष्ठानद्वारा स्वास्थ्य तथा खेलकुद सामग्री वितरण


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – पर्शुराम राई स्मृति प्रतिष्ठानले जिल्लाका १० वटै स्थानीय तहमा सञ्चालित विद्यालयलाई स्वास्थ्य तथा खेलकुद सामग्री वितरण अभियान सुरु गरेको छ । प्रतिष्ठानले कोभिड-१९ को महामारीले बन्द भएका विद्यालय सञ्चालनमा आएसँगै कोभिड–१९ को सङ्क्रमण नियन्त्रण गर्न स्वास्थ्य सामग्री र बालबालिकालाई विद्यालय जान प्रेरित गर्न खेलकुद सामग्री वितरण अभियान सुरु गरेको हो ।

प्रतिष्ठानको पहल तथा ग्रिन भिलेज हाउजिङ प्रालि काठमाडौँ र अभिनेत्री मनिषा कोइरालाको एनसिभी नेपाल संस्थाको सहयोगमा स्वास्थ्य तथा खेलकुद सामग्री वितरण अभियान सुरु गरिएको प्रतिष्ठानका संरक्षक रविन चाम्लिङले बतााए । ‘सुरुवातमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र सञ्चालित २२ वटा माविमा स्वास्थ्य तथा खेलकुद सामग्री वितरण गरिनेछ’, उनले भने, ‘नगरपालिकाभित्रका विद्यालय सकेपछि क्रमशः जिल्लाका सबै मावि तथा सामुदायिक र संस्थागत विद्यालयमा स्वास्थ्य तथा खेलकुद सामग्री वितरण गर्ने योजना बनाएका छौँ।’

प्रतिष्ठानले सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका सातवटा मावि र छ आधारभूत विद्यालयलाई स्वास्थ्य तथा खेलकुदका सामग्री हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा अक्षकोषका लागि रु ५० हजार सहयोग गर्नुका साथै एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तिर्ण गर्ने दुई छात्र-छात्रालाई उच्च शिक्षा अध्ययनका लागि व्यवस्था मिलाउनेसमेत घोषणा गरेको स्थानीयवासी एवं नेकपा एमालेका युवानेता मिलन राईले जानकारी दिए ।

प्रतिष्ठानले यसअघि आइतबार दिक्तेल बजारमा सञ्चालित सरस्वती मावि दिक्तेलमा औपचारिक कार्यक्रम गरी ११ वटा माविलाई स्वास्थ्य तथा खेलकुदका सामग्री वितरण गरेको थियो । काठमाडौँमा सञ्चालित प्रतिष्ठानले जिल्लामा स्वास्थ्य तथा खेलकुदका सामग्री ल्याएर शनिबार नेर्पाको कालिका माविमा औपचारिक कार्यक्रम गरी उक्त अभियानको सुरुवात गरेको हो ।

प्रतिष्ठानले नेर्पाका छवटा माविलाई १० हजार मास्क, पाँच लिटरको २४ जार स्यानिटाइजर र प्रत्येक विद्यालयलाई भलिबल र नेट (जाली) एक-एक थान, सानो भलिबल दुई-दुईवटा र तीन-तीनवटा फोहर सङ्कलन गर्ने डस्टबिन (भाँडा) वितरण गरेको छ । एकमुस्ट हस्तान्तरण गरिएको मास्क र स्यानिटाइजर भने विद्यालयले विद्यार्थी सङ्ख्याका आधारमा बाँडफाँड गर्ने जनाइएको छ ।

नेर्पाको हकमा जनता आधारभूत विद्यालय, रामपुर प्रावि, जनजाग्रति प्रावि, निरौले प्रावि, नेर्पा प्रावि र साकेला प्राविलाई पनि सानो भलिबल दुई-दुईवटा, टिटी ब्याट-बल दुई-दुईवटा, पम्म एक-एकवटा र डस्टबिन तीन-तीनवटा वितरण गरेको छ ।

यस्तै प्रतिष्ठानले नेर्पाका सात वृद्धवृद्धालाई सम्मानसमेत गरेको छ । स्वास्थ्य तथा खेलकुद सामग्री वितरण कार्यक्रमको अवसरमा नेर्पाका धनप्रसाद पराजुली, कुमारीकृष्ण राई, रामबहादुर राई, कमला गुरुङ, वृषबहादुर दाहाल, पत्थरबहादुर राई र अर्जधन राईलाई घङ्गरुको लट्ठीसहित सम्मान गरेका हो ।

यसैबीच प्रतिष्ठानका सल्लाहकार श्रेष्ठले कालिका माबिमा अक्षय कोष स्थापनाका लागि प्रअ बेदीकुमार राईलाई रु ५० हजारको चेक हस्तान्तरण गरेका छन् । कालिका माविबाट एसइईमा उत्कृष्ट अङ्क ल्याउने एक छात्र र एक छात्रालाई वार्षिक ब्याजबाट पुरस्कृत गर्ने व्यवस्थाका लागि श्रेष्ठले अक्षय कोष स्थापनार्थ सहयोग गरेका हुन्। जिल्लाका चर्चित नेता एवं सांसद स्व पर्शुराम राईको स्मृतिमा उनका छोराछोरीले प्रतिष्ठान स्थापना गरेको हो ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ७ : २५ बजे

मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दार चौधरीको मृत्यु

मोरङ– मोरङको पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइकल  दुर्घटना हुँदा प्रहरी सहायक हबल्दार

क्लब वर्ल्ड कपको उद्घाटन : बराबरीमा रोकियो मेसीको टिम मियामी

काठमाडौं – फिफा क्लब वर्ल्ड कप २०२५ आइतबार सुरु भएको

सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

काठमाडौं– मुलुकका सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८२–०३

इरानको आक्रमणमा ६ इजरायलीको मृत्यु, दर्जनौ घाइते

इजरायल – इरानी आक्रमणबाट आइतबार बिहानै ६ इजरायलीको ज्यान गएको

मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक