ला लिगा फुटबल : बार्सिलोना हारबाट जोगियो « Khabarhub

ला लिगा फुटबल : बार्सिलोना हारबाट जोगियो


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना हारबाट जोगिएको छ ।

सोमबार राति घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा डिफेण्डर रोनाल्ड अरौजोले खेल सकिन अन्तिम मिनेटमा गोल गरेसँगै बार्सिलोनाग्रानाडासँग १–१ गोलको बराबरीमा रोकिएको हो।

बार्सिलोनाका डिफेण्डर रोनाल्ड अरौजोले १–० ले पछि परेको स्थितिमा बराबरी गोल फर्काएका थिए ।

यसअघि खेलमा अग्रता भ्रमणकारी टोली ग्रानाडाले बनाएको थियो । ग्रानडाको लागि दोस्रो मिनेटमा कौटिन्हो मेनेसेस डुआर्टेको गोल गरेका थिए ।

स्टार खेलाडी लियोनल मेस्सी बार्सिलोना छाडेर पिएसजी लागेपछि बार्सिलोना खराब लयमा रहेको छ । यद्यपि बार्सिलोना स्पेनिस लिगमा अपराजित छ । उसले ४ खेलबाट ७ अंक जुटाएको छ । तालिकामा सातौं स्थानमा छ ।

ग्रानाडा भने जितविहीन हुँदै तीन अंकसहित तालिकाको १७औं स्थानमा छ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ८ : १६ बजे

पछिल्लो विपदमा परेर ३५ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका

महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा