काठमाडौंसहित ७ जिल्लामा कांग्रेसको वडा अधिवेशन आज « Khabarhub

काठमाडौंसहित ७ जिल्लामा कांग्रेसको वडा अधिवेशन आज


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -नेपाली कांग्रेसको काठमाडौंसहित ७ जिल्लाको वडा अधिवेशन आज हुदैछ। काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलबस्तु, बर्दिया, बाजुरा र मोरङ जिल्ला‍मा आज वडा अधिवेशन हुन लागेको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

आज हुने अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । राजधानी काठमाडौंको वडा अधिवेशनलाई महत्वकासाथ हेरिएको छ । काठमाडौंमा १० निर्वाचन क्षेत्र र २० प्रदेश निर्वाचन क्षेत्र छन् । काठमाडौं महानगरपालिकासहित ११ स्थानीय तह रहेको काठमाडौंमा १ सय ३८ वडा छन् । काठमाडौंमा कांग्रेसका ३० हजारभन्दा बढी क्रियाशील सदस्यहरू छन् ।

मोरङमा क्रियाशील सदस्यता विवाद भएपछि एक पक्ष अदालत पुगेको छ । सहमहामन्त्री सुनिलबहादुर थापा पक्षले अधिवेशन रोक्न माग गर्दै सोमबार उच्च अदालतमा रिट निवेदन दर्ता गराएको हो । थापा पक्षले अधिवेशन सम्बन्धी सबै प्रक्रिया रोक्न माग गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर कांग्रेस प्रवेश गरेका थापासँगै कांग्रेसमा आएकाहरूले क्रियाशील सदस्यता नपाएको गुनासो गरेका छन् ।

कांग्रेसले समयमै क्रियाशील सदस्यताको टुंगो नलगाउँदा आज गर्ने भनिएको १३ जिल्लाको वडा अधिवेशन भने सुरु भएको छैन । समयमै वडा अधिवेशन हुन नसक्दा कांग्रेसले ९ असोजमा गर्ने भनेको पालिका अधिवेशन प्रभावित हुने भएको छ । वडा सभापति र क्षेत्रीय प्रतिनिधि पालिका अधिवेशनका मतदाता हुन्छन् ।

 

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ८ : ४६ बजे

काइलीले करोडौँ डलरको ‘ब्रा’ लगाएपछि…

काठमाडौं- अमेरिकी रियालिटी टीभी स्टार एवम् मेकअप उद्यमी काइली जेनरले

डिसेम्बरमा स्वदेश फर्किने हसिनाको दृढता

काठमाडौं- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर महिनाभित्रै स्वदेश फर्कने

महानवमीमा सवारी साधनको पूजा

काठमाडौं- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका अवसरमा सवारी

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता