माधव नेपालविरुद्धको मुद्दाको सुनुवाइ जारी, अन्तरिम आदेशको टुंगो लाग्ने « Khabarhub

माधव नेपालविरुद्धको मुद्दाको सुनुवाइ जारी, अन्तरिम आदेशको टुंगो लाग्ने


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले माधव नेपालसहित १४ सांसद पदमुक्तीको अन्तरिम आदेश माग गर्दै दायर गरेको मुद्दाको सुनुवाइ जारी छ ।

न्यायाधीशद्वय दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा सोमबार बहस हुँदाहुँदै समय सकिएपछि हेर्दा हेर्दैमा राखिएको रिटको सुनवाइ आज पनि भइरहेको हो ।

सोमवारको बहसमा ओली प्रधानमन्त्री छँदा कानूनी सल्लाहकार रहेका अधिवक्ता बाबुराम दाहाल, तत्कालीन महान्यायाधीवक्ता रमेश बडाल लगायतले बहस गरेका थिए ।

एमालेले निष्कासन गरेका १४ जना सांसदलाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको र तिनै व्यक्तिको सनाखतबाट निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको भन्दै एमालेले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दायर गरेको हो ।

आज निर्वाचन आयोग र सभामुख सापकोटाका तर्फबाट कानुन व्यवसायीहरूले प्रतिरक्षा बहस गर्दैछन्। उनीहरूको बहस सकिएपछि प्रतिरक्षा बहस हुनेछ। उक्त बहस सकिएपछि इजलासले अन्तरिम आदेश दिन पर्ने या नपर्ने निर्क्यौल गर्नेछ ।

रिटमा १४ सांसद कारवाही नगर्ने सभामुखको निर्णय खारेज हुनुपर्ने, एमालेले कानुन बमोजिम गरेको कारवाही कार्यान्वयन गरी सूचना टाँस्न अन्तरिम आदेश दिनुपर्ने माग गरिएको छ ।

एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र १ भदौमा संसद् सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो । तर, सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गरेका सांसदलाई निष्कासन गरेको सूचना टाँस गरेका थिएनन् ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १२ : ४५ बजे

पछिल्लो विपदमा परेर ३५ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका

महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा