छात्राहरुसँगै बसेर हिमानीले भनिन् : मेहनत गरेर पढ्नू, असल मान्छे बन्नू (फोटोफिचर) | Khabarhub Khabarhub

छात्राहरुसँगै बसेर हिमानीले भनिन् : मेहनत गरेर पढ्नू, असल मान्छे बन्नू (फोटोफिचर)


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिमानी ट्रस्टको कार्यक्रमका लागि जनकपुर पुगेकी पूर्व युवराज्ञी हिमानी शाहले सोमबार विद्यार्थीहरुसँगै बसेर अन्तर्किया गरिन् ।

उनले शुद्ध खानेपानीको समस्या भएका विद्यार्थीहरुलाई पानी स्वतः शुद्ध हुने वैज्ञानिक बोतल वितरण गर्नुका साथै विद्यार्थीहरुका समस्याका विषयमा जानकरी लिएकी हुन् ।

जनकपुरधामस्थित सकल भवन कन्या माध्यमिक विद्यालयमा अध्यनरत छात्राहरुलाई उनले बोतल वितरण गरिन् । सो विद्यालयका छात्राहरु र सुस्त मनस्थिति भएका बालबालिकाहरु उक्त बोतल पाएपछि निकै खुशी बनेका थिए ।

त्यो भन्दा बढी खुशी बालबालिकाहरु त्यतिबेला बने जतिबेला हिमानीले कक्षाकोठाभित्र बेन्चमै बसेर कुराकानी गर्दै उनीहरुका समस्या सुन्न थालिन् । अन्तरक्रियामा हिमानीले स्कुल समयमा छात्राले भोग्ने समस्याहरुको बारेमा जानकारी लिइन् ।

छात्राहरुले सोधेका प्रश्नको जवाफ दिँदै हिमानीले मेहनत गरेर पढ्न र असल मान्छे बन्न सुझाव दिइन् । विद्यार्थीहरुकै आग्रहमा उनले सामूहिक तस्वीर समेत खिचाइन् ।

सो विद्यालयमा शुद्ध खानेपानीको अभाव भएकाले हिमानी ट्रस्टले फिल्टर बोतल वितरण गरेको ट्रस्टका प्रतिनिधि उत्तम निरौलाले जानकारी दिए । उनले विद्यालयमा अध्यनरत चार सय बढी विद्यार्थीलाई खानेपानी फिल्टर हुने बोतल वितरण गरेको जनाए ।

जनकपुर पुगे लगत्तै हिमानीले जानकी मन्दिरमा पूजा अर्चना गरेकी थिइन् । जहाँ स्थानीयको उल्लेख्य सहभागीता रहेको थियो । हिमानी जानकी मन्दिर परिसर पुग्दा स्थानीयले उनको जयजयकार समेत गरेका थिए ।

तस्वीर- हिमानी ट्रस्टबाट

 

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ८ : ०६ बजे

बालेन काठमाडाैंकाे जनकपुर फिस हाउसमा, भन्छन्: तावा फिस खाँदा जनकपुरको याद आयो

काठमाडाैं – काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै

मुस्ताङ – मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

तनहुँ – तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

खडेरीपछिको वर्षाले किसानलाई राहत

धनुषा – लामो समयको पर्खाइपछि वर्षा हुँदा धनुषाका किसानलाई राहत