इजरायली प्रधानमन्त्री नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने « Khabarhub

इजरायली प्रधानमन्त्री नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आइतबार अमेरिका प्रस्थान गर्ने र त्यसको एक दिनपछि राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फ्लोरिडामा भेटवार्ता गर्ने इजरायली अधिकारीले एएफपीलाई बताएका छन्।

ट्रम्पलाई भेट्ने गरी प्रधानमन्त्री नेतन्याहूको यो पाँचौ पटक अमेरिका भ्रमण हो । यस पहिले ट्रम्प प्रशासन र क्षेत्रीय मध्यस्थकर्ताहरूले गाजा पट्टीमा इजरायल र हमासबीच युद्धविरामको दोस्रो चरणमा अगाडि बढ्न दबाब दिइरहेका बेला उहाँको भ्रमण भएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले डिसेम्बरको मध्यतिर पत्रकारहरुसँग कुरा गर्दै नेतन्याहु क्रिसमसको बिदामा फ्लोरिडा जाने सम्भावना रहेको बताएका थिए ।

“उहाँ मलाई भेट्न चाहनुहुन्छ । हामीले यसलाई औपचारिक रूपमा सेट गरेका छैनौँ, तर उहाँ मलाई भेट्न चाहनुहुन्छ,” ट्रम्पले आफ्नो मार–ए–लागो रिसोर्टमा जानुअघि भने ।

इजरायलको येदिओथ अहरोनोथ पत्रिकाले बुधबार रिपोर्ट गरेअनुसार इरान, इजरायल–सिरिया सुरक्षा सम्झौतामा वार्ता, लेबनानमा हेजबुल्लाहसँग युद्धविराम र गाजा सम्झौताको अर्को चरणसहित क्षेत्रीय मुद्दाहरूमा छलफल हुने अपेक्षा गरिएको छ ।

वाशिङ्गटन र उसका क्षेत्रीय सहयोगीहरूको मध्यस्थतामा अक्टोबरमा भएको गाजा युद्धविराम सम्झौताको दोस्रो चरणमा जाने प्रगति अहिलेसम्म सुस्त छ। युद्धविराम पनि निकै कमजोर देखिएको छ । दुबै पक्षले सम्झौता उल्लङ्घनको आरोप लगाएका छन् र मध्यस्थकर्ताहरूले इजरायल र हमास समान रूपमा रोकिएका भनेर डराइरहेका छन् ।

दोस्रो चरणअन्तर्गत, इजरायलले गाजामा आफ्नो नियन्त्रणबाट पछि हट्नुपर्छ र हमासको सट्टा प्यालेस्टिनी क्षेत्र गाजामा अन्तरराष्ट्रिय स्थिरीकरण बल (आईएसएफ) तैनाथ गरिनेछ र यसले अन्तरिम प्रशासनलाई सम्हाल्नेछ ।

यसमा प्यालेस्टिनी इस्लामिक आन्दोलन हमासलाई हतियार बिसाउन लगाउन सकिने प्रावधान पनि समावेश छ । शुक्रबार अमेरिकी अनलाइन पत्रिका एक्सियोसले ट्रम्प र नेतान्याहूबीचको बैठक सम्झौताको अर्को चरणलाई अगाडि बढाउनका लागि महत्वपूर्ण भएको बताएको थियो ।

ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै एक्सियोसले ट्रम्प प्रशासनले गाजा र आईएसएफलाई हेर्ने प्यालेस्टिनी प्राविधिक विज्ञको सरकारको घोषणा गर्न चाहेको बताएका छन् । नेतन्याहूले कमजोर युद्धविरामलाई थप कमजोर पार्न र शान्ति प्रक्रियालाई रोक्न कदम चालेपछि ट्रम्पका वरिष्ठ अधिकारीहरू निराश भएका बताइएको छ ।

येदिओथ अहरोनोथले भने, “इरानले आफ्नो परमाणु कार्यक्रम पुनर्निर्माण गर्ने सम्भावना र ब्यालिस्टिक मिसाइल क्षमताहरू नेतान्याहूको लागि सत्तामा रहिरहन अर्को शीर्ष बिषय हुनसक्छ ।”

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ९ : २४ बजे

भूकम्पपीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस मनाइँदै

काठमाडौँ– आज भूकम्पपीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस हो । यो दिवस

काठमाडौँमा शासन गरेका यलम्बरको सालिक राजधानी बाहिर किन ?

नेपालको राजनीतिक इतिहासमा प्रारम्भिक चरणका धेरै ऐतिहासिक विवरणहरु अझै पनि

सञ्चारमन्त्रीको एक महिना : ११ हजार सट्टेबाजी एप बन्द

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारको १०० बुँदे

कांग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक बस्दै

काठमाडौँ– सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्ययादेश ल्याउने

ओमानविरुद्ध पहिला बलिङ गर्दै नेपाल, गुल्सन झा प्लेइङ–११ मा

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत अहिले जारी हुने खेलमा