भारतीय तस्करको ढुङ्गामुढाबाट सशस्त्र प्रहरी घाइते | Khabarhub Khabarhub

भारतीय तस्करको ढुङ्गामुढाबाट सशस्त्र प्रहरी घाइते


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – दोधारा चाँदनी नगरपालिका-७ कञ्जभोजमा भारतीय तस्करहरूले गए राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गामुढा प्रहार गरेको छ । ढुङ्गामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन् । घाइते जवानको अवस्था सामान्य रहेको छ । घाइते जवानको हात र पाखुरामा चोट लागेको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार सात-आठ जनाको सङ्ख्यामा मोटरसाइकलमा भारतबाट सामान ल्याउँदै गरेका तस्करहरूले सीमाक्षेत्र नजिक ढु्ङगामुढा प्रहार गरेका हुन् । भारतबाट तस्करले सामान लिएर आउने क्रमममा गस्ती टोलीले तस्करलाई नियन्त्रणमा लिने क्रममा ढुङ्गामुढा प्रहार गरी भागेको उनले बताए।

‘भारतीय प्रहरीले गस्तीमा रहेका जवानमाथि ढुङ्गामुढा प्रहार गर्नेहरूको समूहको खोजी गरी कारबाही गर्ने अश्वासन दिएको छ’, उनले भने, ‘तस्कहरूको भारतीय निकटबर्ती क्षेत्रका बासिन्दा भएको जानकारी पाएका छौँ ।’ घटना राति १० : ३० बजे भएको बताइएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ९ : ०० बजे

नागढुङ्गा दुर्घटनाका घाइतेको एपीएफ अस्पतालमा उपचार

काठमाडौं–  काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा नजिकै घुमाउने पसल अगाडि दुर्घटना

सम्पादकहरूको विज्ञप्ति : प्रहरी परिचालन गरेर पत्रकार पक्राउ गर्न खोज्नु खेदजनक

काठमाडौँ – नेपालको प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूले प्रहरी परिचालन गरेर पत्रकार

संसद् सचिवालयको सचिवमा दुराको बढुवा

काठमाडौं– सङ्घीय संसद् सचिवालयको रिक्त सचिवालय सचिवमा सुरजकुमार दुराको बढुवा

ग्वार्को फ्लाइ ओभरको मुख्य संरचना निर्माण सम्पन्न

काठमाडौं– ललितपुरको ग्वार्कोस्थित फ्लाइ ओभरको मुख्य संरचना निर्माण सम्पन्न भएको

बजेट अभावमा सोती लिफ्टिङ खानेपानी योजना अलपत्र

पर्वत– बजेट अभावमा दक्षिण पर्वतको विहादी गाउँपालिका–२ बर्राचौरमा निर्माणाधीन सोती