अमेरिकाले हटायो डेढ वर्षपछि कोभिड यात्रा प्रतिबन्ध | Khabarhub Khabarhub

अमेरिकाले हटायो डेढ वर्षपछि कोभिड यात्रा प्रतिबन्ध


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाले कोभिडका कारण विदेशी हवाई यात्रुका लागि लगाएको यात्रा प्रतिबन्ध नोभेम्वरदेखि हटाउने भएको छ । तर, सबै यात्रुले खोप लगाएको वा कोभिड परीक्षण गरेको हुनुपर्नेछ । कोरोना महामारी बढेसँगै १८ महिनाअघि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी नागरिकलाई यात्रा प्रतिबन्ध लगाएका थिए । अमेरिकाले लगाएको अप्रत्यासित प्रतिबन्धका कारण विभिन्न देशबाट अमेरिका गएर बसेका व्यक्तिलाई उनीहरुका छिमेकी, साथीभाई र आफन्तले महिनौंदेखि भेट गर्न पाएका थिएनन् ।

नयाँ नियम नोभेम्बरको सुरुदेखि लागू हुने राष्ट्रपति जो बाइडेनका कोरोनाभाईरससम्बन्धी संयोजक जेफ्री जाइन्टसले जानाकारी दिए । कोभिड यात्रा प्रतिबन्ध हटाउन युरोपसहित अन्य मुलुकले अमेरिकामाथि दबाब दिदै आएका थिए ।

तर, भाईरस फैलनबाट रोक्न हवाई यात्रामा सुरक्षाका पर्याप्त उपाय अप्नाइने बताइएको छ । ‘सबैभन्दा महत्वपूर्ण पक्ष त अमेरिका प्रवेश गर्न चाहने विदेशी नागरिकले पूर्ण खोप लगाएको हुनुपर्छ,’जाइन्टसले भने ।

अमेरिकामा कोरोनाका कारण अहिलेसम्म ६ लाख ७५ हजार जनाको मृत्यु भइसकेको छ । अहिले पनि कोरोनाका कारण दिनहुँ औषत १५ सय जनाको मृत्यु भएको छ । नयाँ नियम अमेरिकाले स्वीकृत गरेको खोप लगाएका व्यक्तिको हकमा मात्र हो वा सबैलाई लागू हुने हो भन्ने बारेमा केही प्रष्ट पारिएको छैन् । यस बारेमा अमेरिकाको रोग नियन्त्रण केन्द्रले थप निर्णय गर्ने जाइन्टसले बताए ।

अमेरिकाका लागि विमान चढ्नुअघि यात्रुले आफूले पूर्ण खोप लगाएको र कोभिड नेगेटिभ देखिएको प्रमाण अनिवार्य पेस गर्नुपर्नेछ । नेगेटिभ देखिने प्रमाण पछिल्लो तीन दिन भित्रको हुनुपर्छ । पूर्ण खोप नलगाएका अमेरिकीले भने सोही दिन परीक्षण गरी कोभिड नेगेटिभ देखिने प्रमाण पेस गर्नुपर्नेछ । सबै यात्रुले मास्क अनिवार्य लगाउनु पर्नेछ ।

क्यानडा र मेक्सिकोबाट अमेरिका गुड्ने सबै सबारी साधनहरुमाथि लगाइएको यसअघिको प्रतिबन्ध भने कायमै गरिएको छ ।

न्युजकारखानाबाट

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १० : ३२ बजे

प्रिय जेनजी, अब आगो निभाउने काममा लाग्नुहोस् : बाबुराम भट्टराई

काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आन्दोलनरत जेनजीलाई अब

आजको मौसम पूर्वानुमान : देशका अधिकांश भागमा बदली हुने

काठमाडौं – हाल देशभर मनसुनको प्रभाव सामान्य रहेको छ। मनसुनको

अवाञ्छित गतिविधि रोक्न निगरानी गर्दै सेना : सहयोगका लागि नागरिकसँग आह्वान

काठमाडौं – नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा

संयमित बनौ, हामी फेरि उठ्ने छौं : एमाले महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर

राष्ट्रहितका लागि क्रियाशील रहन प्रहरीको अनुरोध

काठमाडौं – नेपाल प्रहरीले विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको