फ्रान्सका विदेशमन्त्रीले भने, ‘तालिबानसँग हाम्रो कुनै पनि सम्बन्ध छैन’ « Khabarhub

फ्रान्सका विदेशमन्त्रीले भने, ‘तालिबानसँग हाम्रो कुनै पनि सम्बन्ध छैन’


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस- फ्रान्सले नवनिर्मित तालिबान सरकारसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ। फ्रान्सका विदेशमन्त्री जियन यभेस लि ड्रियनले शनिबार अफगानिस्तानमा बनेको तालिबान नेतृत्वको सरकारसँग आफ्नो कुनै सम्बन्ध नभएको बताएका हुन्।

अफगानिस्तानबाट आगामी दिनमा हुने उद्धार कार्यको विषयमा छलफल गर्न विदेशमन्त्री ड्रियनले तालिबानसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका हुन्। विदेशमन्त्री आइतबार कतार प्रस्थान गरेका छन्।

फ्रान्स ५ टिभीमा ले ड्रियनले भने, तालिबानले केही विदेशी र अफगान छोड्न चाहने अफगानीहरुलाई स्वतन्त्रपूर्वक जान दिने बताएका छन्। त्यसैगरि तालिबानले समावेशी र प्रतिनिधिमूलक सरकारको गठनको विषयमा पनि कुरा गरिरहेका छन्। यो कुरा झुटो हो। तालिबानले आफ्नो व्यवहारमा कुनै परिवर्तन ल्याएको छैन।

मन्त्रीले थपे, फ्रान्सले तालिबान सरकारसँग कुनै प्रकारको सम्बन्धलाई मान्यता दिन वा सरकारलाई समर्थन गर्न अस्वीकार गर्दछ। हामी तालिबानमाथि कारबाही चाहन्छौं। उनीहरुलाई केही आर्थिक सास फेर्ने ठाउँ र अन्तर्राष्ट्रिय सम्बन्ध चाहिन्छ। यो उनीहरुको कुरा हो।

तालिबानले अफगानिस्तानमा कब्जा गरेका र अफगानी नागरिकहरुलाई यातना दिएको प्रति फ्रान्सले निन्दा गरेको छ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १० : २० बजे

इजरायली प्रधानमन्त्री नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आइतबार अमेरिका प्रस्थान गर्ने

सर्लाहीमा ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

सर्लाही – सर्लाहीको हरिपूर्वा नगरपालिकामा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको

ओलीमाथिको स्थानहद हटाउने संकेत स्वागतयोग्य : महेश बस्नेत

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले पार्टी अध्यक्ष

रूसी आक्रमणको बीच युक्रेनमा भ्रष्टाचार बढ्दो

किएभ – युक्रेनको भ्रष्टाचार विरोधी निकायले सुरक्षा सेवाहरूले अधिकारीहरूलाई शनिबार

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा