फ्रान्सका विदेशमन्त्रीले भने, ‘तालिबानसँग हाम्रो कुनै पनि सम्बन्ध छैन’ « Khabarhub

फ्रान्सका विदेशमन्त्रीले भने, ‘तालिबानसँग हाम्रो कुनै पनि सम्बन्ध छैन’


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस- फ्रान्सले नवनिर्मित तालिबान सरकारसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ। फ्रान्सका विदेशमन्त्री जियन यभेस लि ड्रियनले शनिबार अफगानिस्तानमा बनेको तालिबान नेतृत्वको सरकारसँग आफ्नो कुनै सम्बन्ध नभएको बताएका हुन्।

अफगानिस्तानबाट आगामी दिनमा हुने उद्धार कार्यको विषयमा छलफल गर्न विदेशमन्त्री ड्रियनले तालिबानसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका हुन्। विदेशमन्त्री आइतबार कतार प्रस्थान गरेका छन्।

फ्रान्स ५ टिभीमा ले ड्रियनले भने, तालिबानले केही विदेशी र अफगान छोड्न चाहने अफगानीहरुलाई स्वतन्त्रपूर्वक जान दिने बताएका छन्। त्यसैगरि तालिबानले समावेशी र प्रतिनिधिमूलक सरकारको गठनको विषयमा पनि कुरा गरिरहेका छन्। यो कुरा झुटो हो। तालिबानले आफ्नो व्यवहारमा कुनै परिवर्तन ल्याएको छैन।

मन्त्रीले थपे, फ्रान्सले तालिबान सरकारसँग कुनै प्रकारको सम्बन्धलाई मान्यता दिन वा सरकारलाई समर्थन गर्न अस्वीकार गर्दछ। हामी तालिबानमाथि कारबाही चाहन्छौं। उनीहरुलाई केही आर्थिक सास फेर्ने ठाउँ र अन्तर्राष्ट्रिय सम्बन्ध चाहिन्छ। यो उनीहरुको कुरा हो।

तालिबानले अफगानिस्तानमा कब्जा गरेका र अफगानी नागरिकहरुलाई यातना दिएको प्रति फ्रान्सले निन्दा गरेको छ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १० : २० बजे

गत वर्षदेखि हराएको फिल्म ‘कुस्ती’ले फेरि तोक्यो रिलिज डेट

काठमाडौं – नायिका मिरुना मगरले साइन गरेको फिल्म छाडेर गरेको

सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेको छ : मुख्यमन्त्री शाह

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले गुणस्तरीय शिक्षामा जोड

संसदका गतिविधिलाई परिणाममूखी बनाउनेगरि भूमिका निर्वाह गर्न सभामुख अर्यालकाे सुझाव

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले संसद्का गतिविधिलाई परिणाममुखी बनाउनेगरि भूमिका निर्वाह

नायिका चयन नगरी ‘आबाट आमा’को शुभमुहूर्त

काठमाडौं – गत वर्षको सुपरहिट फिल्म ‘आबाट आमा’को सिक्वेल ‘आबाट

‘राम नाम सत्य’को भन्दा ‘परालको आगो’को व्यापार राम्रो

काठमाडौं – वैशाख ११ बाट प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ले