जुम्लाका किसानका दु:ख, भालु भगाउन रातभर जाग्राम « Khabarhub

जुम्लाका किसानका दु:ख, भालु भगाउन रातभर जाग्राम


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- मकै पाक्ने याम सुरु भएसँगै जुम्लाका किसान यतिबेला भालु भगाउन रातभर जाग्राम बस्न थालेका छन् । बारीमा लगाएको मकैबाली जोगाउन रातभर जाग्राम बस्ने गरेका हुन् । यहाँको तिला गाउँपालिकाका किसान बारीमा पाक्न लागेको मकै सुरक्षित गर्न रातभर बारीमै जाग्राम बस्ने गरेको बताउँछन् ।

सो गाउँपालिका-६ का स्थानीयवासी नरिमान रावतले भने, ‘भालुले मकै सखाप पार्न थालेपछि किसान मकै बारीमै बस्न थालेका छन् ।’ यहाँको प्रमुख बाली भनेकै मकै हो । मकै उत्पादन भएको खण्डमा खान समस्या हुँदैन । यही मकै भालुले सकाउन थालेपछि किसान चिन्तित छन् । भालु भगाउनका लागि हरेक बारीमा तर्साउने वस्तु राखिएको छ । भालु आउने बाटो पहिचान गरेर पासो थाप्नेदेखि भाँडाकुँडा बजाएर भगाउने काम चलिरहेको छ । कहिलेकाहीँ थाल र जस्तापाता बजाएर भालु बारीमा पस्न नदिने प्रयास जारी नै छ । भालु नियन्त्रणमा लिन सकिने अवस्था छैन । बारीमा एक्लै हिँड्नसमेत सकस हुने गरेको छ ।

एक त अन्नबाली उत्पादन कम हुन्छ । त्यसमा पनि वन्यजन्तुले दुःख दिने गरेका छन् । अधिकांश किसानले खेतबारी वरिपरि मान्छेजस्तै ‘भ्याउने’ बनाएर राख्ने गरेका छन् । पछिल्लो समयमा भालुको तीव्र चहलपहल बढेपछि किसानले जङ्गल नजिकैको बारीमा खेती गर्नसमेत छाडेको स्थानीयवासी रावतले बताए।

दिउँसो मानिसको चहलपहल हुने भएकाले भालु बारीमा पस्न डराउँछ । रातिको समयमा बारीमा बस्छ । बारीमा कुकुर बाँधेर राख्ने, मकै बारीमा पाल टाँगेर बस्ने गरिएको छ । अहिले किसानलाई मकै बचाउन भ्याइनभ्याइ छ । वर्षेनी भालुले बालीमा नोक्सानी पुर्‍याउन थालेपछि गाउँका केही स्थानीयवासीले मकै अन्नबाली लगाउन छाडेको यहाँका स्थानीयवासी बताउँछन् ।

मकै बारीमा भालु पसेर नष्ट गर्न थालेपछि किसानले भालु नियन्त्रणमा लिएर बाली जोगाइदिन माग गरेका छन् । जिल्लाभर भालुको बिगबिगी बढेको छ । यहाँका स्याउ बगैँचा, मौरीको घारदेखि मकैबालीमा भालु पस्नाले निकै समस्या गरिरहेको किसान बताउँछन् । यसअघि आहारा खोज्दै भालु जुम्ला सदरमुकाम खलङ्गा बजारमा पसेको थियो । त्यो बेला सदरमुकामको मुटुमै दुई जनालाई आक्रमण गरेको थियो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा भालु मारिएको थियो । पछिल्लो समयमा गाउँ आसपासका क्षेत्रमा भालु प्रवेश गर्न थालेपछि एक्लै दुक्लै हिँड्नसमेत गाह्रो हुने गरेको यहाँका स्थानीयवासी बताउँछन् ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १२ : ०५ बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको