डुम्रे–बेँसीशहर सडक एकतर्फी सञ्चालन « Khabarhub

डुम्रे–बेँसीशहर सडक एकतर्फी सञ्चालन


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली- सोमबार राति परेको वर्षापछि गएको पहिराले अवरुद्ध डुम्रे–बेँसीशहर सडकखण्ड एकतर्फी सुचारु भएको छ ।

तनहुँको भानु नगरपालिका–८ स्थित पाँचसय फाँटमा पहिरा जाँदा अवरुद्ध भएको सडकखण्ड आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो ।

सडकभन्दा माथिको ढिस्को खसेर लेदोसहितको पहिराले सडकखण्ड अवरुद्ध हुँदा सवारीसाधन रोकिएका थिए ।

उक्त सडकखण्ड एकतर्फी सञ्चालनमा आएपछि रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

सडक डिभिजन कार्यालयका सहयोगमा जेसिभी प्रयोग गरी पहिरो पन्छ्याएर दुईतर्फी सञ्चालनमा ल्याउने काम भइरहेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १२ : १३ बजे

पछिल्लो विपदमा परेर ३५ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका

महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा