प्रहरी समायोजन छिटो अघि बढाउन प्रदेश मन्त्री शाक्यको माग « Khabarhub

प्रहरी समायोजन छिटो अघि बढाउन प्रदेश मन्त्री शाक्यको माग


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री डा. अजयक्रान्ति शाक्यले काठमाडौँ उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौँका प्रहरी प्रदेश सरकारको मातहतमा नल्याइँदा जटिलता आउने बताएका छन् ।

मन्त्री शाक्यले प्रहरी कर्मचारी समायोजन ऐन, २०७६ र सोको नियमावलीसमेत बनिसकेको र  प्रदेशमा पनि प्रदेश प्रहरी ऐन बनिसकेको अवस्थामा प्रहरी कर्मचारी समायोजन कार्यलाई सङ्घीय सरकारले अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

संघीय राजधानीमा सञ्चारकर्मीहरुसँगको भेटमा मन्त्री शाक्यले भने, ‘अहिले वाग्मती प्रदेशका तीन जिल्ला ललितपुर भक्तपुर र काठमाडौँ  वाग्मती प्रदेशको आन्तरिक मामिला मन्त्रालयको क्षेत्राधिकार भित्र नहुँदा समस्या भएको छ,’ उनले भने, ‘प्रहरी कर्मचारी समायोजन नहुँदा वाग्मती प्रदेश प्रहरीको ७ हजार ९ सय ८९ दरबन्दीमध्ये ५ हजार ४ सय २३ मात्र कार्यरत रहेको अवस्था छ । निकट भविष्यमै यसले गम्भीर अवस्था सिर्जना हुन सक्ने हुनाले अविलम्ब समायोजनको काम अघि बढाउन संघीय सरकारसँग माग गर्दछु ।’

उनले आफूले पद बहाली गरे लगत्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयले केही महत्वपूर्ण काम अघि बढाएको जानकारी दिए ।

‘मन्त्रालय सम्हालेको केही दिनमै मैले विभिन्न निकायसँग समन्वय गरे केही सकारात्मक कामको थालीन गरेको छु’ शाक्यले भने, ‘तुरुन्तै विपद् व्यवस्थापन गर्न,  प्राकृतिक प्रकोपहरु न्यूनीकरण गर्दै लैजान र सो सम्बन्धी दीर्घकालीन योजनाहरु बनाउनका लागि सहयोगी होस् भन्ने हेतूले ह्याजर्ड म्यापिङको काम अघि बढाएको छु ।’

प्राकृतिक प्रकोपहरु सम्बन्धमा पूर्व सूचना दिने अर्ली वार्निङ एप निर्माणको कार्य अघि बढाएको पनि उनले जानकारी दिए ।

इन्फो वैंक सम्बन्धमा एप निर्माण गरी वाग्मती प्रदेशका विभिन्न निकाय तथा १ सय १९ वटै स्थानीयतहको सूचनाहरु एउटै वेब पोर्टलबाट थाहा पाउन सक्ने गरी व्यवस्था गर्न लागेको पनि उनले बताए ।

उनले विभिन्न कानूनहरु अविलम्ब निर्माण गर्नु पर्ने भन्दै त्यसका लागि आवश्यक कार्यको थालनी गरेको, कानून मस्यौदा समितिको बैठक बसेर आवश्यक कानूनहरु निर्माण गर्न निर्देशन दिएको पनि जानकारी दिए ।

‘वाग्मती प्रदेशका ५० ओटा ऐन बनिसकेका छन्   भने १ सय २ ओटा कानून निर्माण भैसकेको छ । करीब ३७ ओटा कानून बनाउन बाँकी छ,’ उनले भने, यो, ‘त्योसँगै केही कानून र ऐन पनि बनाउन बाँकी छ । त्यो काममा मेरो ध्यान जाने छ ।’

मन्त्रालय अन्तर्गतका एक वर्षमा सम्पन्न गर्नुपर्ने पचास ओटा योजना एक महिना भित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको पनि उनले बताए ।

‘लामो सयमदेखि प्रदेश सुरक्षा समितिको बैठक बसेको रहेनछ । मैले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि बैठक राखी शान्ति–सुरक्षा चुस्त–तुरुस्त राख्न निर्देशन दिइसकेको छु,’ उनले भने, ‘अपराध न्यूनीकरण गर्दै लैजान र चाडपर्वमा हुने चोरी डकैतीको घटनाहरु हुन नदिन सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइसकेको छु ।’

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १२ : ३१ बजे

रसुवा बाढी : जलविद्युत आयोजनाका १३३ भन्दा बढी कर्मचारी सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत आयोजना

विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न निर्देशन

काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाढीबाट भएको

भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सरकारको अपिल

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९५ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

बाढीपीडितलाई प्रधानमन्त्रीले भने- यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न, राज्य साथमा छ

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीले पुर्‍याएको मानवीय र भौतिक क्षतिप्रति