माधुरीका कारण सञ्जय र सलमानको सम्बन्धमा दरार « Khabarhub

माधुरीका कारण सञ्जय र सलमानको सम्बन्धमा दरार


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेता सञ्जय दत्त र सलमान खान बलिउडका दुई ठूला अभिनेता हुन् । हालैमात्र सञ्जयले सलमान आफ्नो कान्छो भाई जस्तै भएको बताएका थिए । तर समाचारअनुसार उनीहरुको सम्बन्ध अहिले पहिलेको जस्तो छैन । जसको कारक फिल्म ‘साजन’की अभिनेत्री माधुरी दिक्षितलाई मानिएको छ ।

सञ्जयको बायोपिक घोषणा हुँदा माधुरी आफ्नो नाम फिल्ममा नहोस् भन्ने चाहन्थिइन् । किनकी सञ्जय र माधुरी निकै लामो समयसम्म प्रेम सम्बन्धमा थिए । यहीकारण माधुरीले सलमानमार्फत बायोपिकको काम नगर्न सञ्जयलाई भनेकी थिइन् ।

यसपछि सलमानले सञ्जयसँग कुरा त गरे । तर सञ्जयले आफ्नो जीवनमा बायोपिक बनाउने निर्णय लिइसकेकाले सलमानको प्रयास असफल भयो । सलमानलाई सञ्जयको निर्णय मन नपरेपछि उनीहरुले बोलचाल नै बन्द गरिदिए ।

अभिनेता रणवीर कपूरलाई सञ्जयको बायोपिकमा प्रमुख भूमिकामा रोज्नुले पनि सलमान खुशी थिएनन् । किनकी त्यो समयमा रणवीर सलमानको पूर्व प्रेमिका कटरीना कैफसँग डेटमा थिए ।

सलमानले सन् २०११ मा सञ्जयकी श्रीमति मान्यता दत्तको जन्मदिनमा ठूलो झगडा गरेका थिए । त्यो समयमा सञ्जयको मिल्ने साथी बन्टी बालियासँग सलमानको झगडा भएको थियो ।

सलमानले सञ्जयलाई फिल्म ‘बडीगार्ड’मा सलमानको पिताको भूमिका निर्वाह गर्न अफर गरेका थिए । तर सञ्जयले आफ्नो उमेर सलमानको पिता बन्नका लागि सही समय नरहेको जनाएका थिए । जुन कुरा सलमानलाई मनपरेको थिएन ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १२ : ४४ बजे

उपसभामुख ठाकुरको स्वास्थ्यमा सुधार

काठमाडौं– उपसभामुख रुविकुमारी ठाकुर स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट घर फर्किएकी

वर्षापछि वायुको गुणस्तरमा सुधार

काठमाडौं– गत साता तीव्र रूपमा वृद्धि भएको काठमाडौँ उपत्यकाको वायुको

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

काठमाडौं– नेपाल शिक्षक महासङ्घले शिक्षण संस्थामासमेत हप्तामा दुई दिन (शनिबार

दक्षिण कोरियामा नेपाली चिया प्रवर्द्धन कार्यक्रम

काठमाडौं– दक्षिण कोरियाको राजधानी सिओलस्थित नेपाली दूतावासले बुधबार नेपाली चियाको

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

पेरिस- मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्र, कूटनीति र सुरक्षा अवस्थामाथि