माओवादी केन्द्रको वडादेखि केन्द्रसम्मका सबै कमिटीमा अब निर्वाचित नेतृत्व « Khabarhub

माओवादी केन्द्रको वडादेखि केन्द्रसम्मका सबै कमिटीमा अब निर्वाचित नेतृत्व


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रसम्मका सबै कमिटीको नेतृत्व निर्वाचनबाट चयन गर्ने कार्यविधि बनाएको छ ।

माओवादीको हाल वडा, जिल्ला, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र र केन्द्रीय समितिका कमीटी छन् । यी कमिटीका सबै नेतृत्व अब चुनिएर आउनुपर्ने गरी कार्यविधि बनेको हो ।

नयाँ कार्यविधिअनुसार अब माओवादी केन्द्रको वडादेखि केन्द्रसम्म दुई लाख ८५ हजार पदहरुमा निर्वाचनमार्फत नेतृत्व चयन हुने केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी कमिटी सदस्य वर्षमान पुनले जानकारी दिए ।

निर्वाचन कार्यविधिमा पार्टी अध्यक्ष र पदाधिकारीको चयन पनि निर्वाचनबाटै गर्ने उल्लेख छ ।

माओवादी केन्द्रले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरिसकेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता पुनले केन्द्रीय निर्वाचन समितिको भर्चुअल बैठकमार्फत सबै तहको नेतृत्व निर्वाचन प्रक्रियाबाट चयन हुने जानकारी दिएका हुन् ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले माओवादी केन्द्रलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउने घोषणा पनि गरे ।

विचार आधारित सबै तहमा निर्वाचित प्रतिनिधि रहेको देशकै सबैभन्दा ठूलो पार्टी माओवादी केन्द्र बन्ने उनको दाबी छ ।

 

 

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १ : १५ बजे

बालेनले भत्काएको सुकुम्वासी बस्तीमा पुगे हर्क

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ थापाथलीस्थित भत्काइएका सुकुम्वासी

होर्मुज क्षेत्रमा जहाज आवागमन सहज बनाउन ‘प्रोजेक्ट फ्रीडम’ सुरु हुने

एजेन्सी– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार जानकारी गराउँदै मध्यपूर्वको अत्यन्त

दीपक भट्टलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं- व्यवसायी दीपक भट्टलाई उपस्थित गराउन सर्वोच्च अदालतले सोमबार आदेश

फिलिपिन्समा ६.० म्याग्निच्युडको भूकम्प

एजेन्सी– फिलिपिन्सको मध्य भागमा पर्ने समर टापु सोमबार शक्तिशाली भूकम्पले

कार्यान्वयनयोग्य आयोजना प्रस्ताव गर्न आग्रह

कर्णाली– कर्णाली प्रदेश सरकारले कार्यान्वयनयोग्य  आयोजना तथा कार्यक्रम प्रस्ताव गरेर