राष्ट्रियसभा बैठकमा पनि एमालेको अवरोध « Khabarhub

राष्ट्रियसभा बैठकमा पनि एमालेको अवरोध


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको बैठक पनि एमालले अवरोध गरेको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक शुरू भएलगत्तै एमाले सांसदहरुले सभामुख अग्नि सापकोटाको भूमिका तटस्थ नभएको भन्दै अवरोध जनाएका हुन् ।

एमाले सांसदको अवरोधपछि अध्यक्ष गणेश तिमिल्सिनाले आफ्नो भनाइ राख्न दिएको समयमा राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले सरकारले ‘गुरिल्ला’ शैली अपनाएको भन्दै आक्रोश पोखे ।

सरकारले प्रमुख प्रतिपक्षीको विरोधका बीच जवरजस्ती वजेट अध्यादेश अघि बढाउँदा अर्थमन्त्री जनार्दन शर्माले मर्यादा नाघेको उनले आरोप लगाए ।

‘संसदीय अभ्यासमा मर्यादा हुन्छ, बजेटको प्रतिस्थापन अध्यादेश पेस गर्नुपूर्व अर्थमन्त्रीको आसन कुनामा थियो, अझ बजेट पेस गर्न त उहाँ कुदेर नै रोष्ट्रममा पुग्नु भयो । भन्न पनि अप्ठ्यारो लागेको छ  तर भन्नै पर्छ उहाँले गुरिल्ला शैली अपनाउनुभयाे’, दाहालले भने ।

मन्तव्यको अन्त्यमा उनले राष्ट्रियसभा पनि चल्न नदिने बताएपछि अध्यक्ष तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

बैठकमा सरकारले सोमबार प्रतिनिधि सभाबाट पारित बजेट अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ ।

 

 

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १ : २१ बजे

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै