राष्ट्रियसभामा एमालेको आक्रोश- संसदमा ‘गुरिल्ला’ अभ्यास भयो « Khabarhub

राष्ट्रियसभामा एमालेको आक्रोश- संसदमा ‘गुरिल्ला’ अभ्यास भयो


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसदमा ‘गुरिल्ला’ अभ्यास भएको भन्दै आक्रोश पोखेको छ ।

मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा अवरोध गरेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दिएको समयमा मन्तव्य राख्दै एमाले सांसद देवेन्द्र दाहालले सरकारले संसदमा ‘गुरिल्ला’ शैली अपनाएको भन्दै आक्रोश पोखे ।

सरकारले प्रमुख प्रतिपक्षीको विरोधका बीच जवरजस्ती वजेट अध्यादेश अघि बढाउँदा अर्थमन्त्री जनार्दन शर्माले मर्यादा नाघेको उनको आरोप लगाए ।

‘संसदीय अभ्यासमा मर्यादा हुन्छ, बजेटको प्रतिस्थापन अध्यादेश पेस गर्नुपूर्व अर्थमन्त्रीको आसन कुनामा थियो, अझ बजेट पेस गर्न त उहाँ कुदेर नै रोष्ट्रममा पुग्नु भयो । भन्न पनि अप्ठ्यारो लागेको छ  तर भन्नै पर्छ उहाँले गुरिल्ला शैली अपनाउनुभयो’, दाहालले भने ।

उनले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले अघिल्लो सरकार ढाल्नुको कारण पुष्टि गर्न नसकेको पनि आरोप लगाए ।

‘यो सरकारले अघिल्लो सरकार ढाल्नुको औचित्य पुष्टि गर्न सकेको छैन । यो सरकार संविधान ध्वस्त बनाउन लागेको छ’, दाहालले भने, ‘यो सरकार नै होइन स्वार्थीहरुको झुण्ड मात्रै हो।’

दाहालले वर्तमान सरकार जनताप्रति उत्तरदायी नभएको पनि आरोप लगाए । सरकारको लापरबाहीले देश बजेट शून्यता रहेको पनि उनले बताए ।

दिउँसो १ बजे बसेको बैठकमा एमाले सांसदको अवरोधबीच राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित आएको विनियोजन विधेयकसम्बन्धी प्रस्ताव टेबुल गर्न अनुमति दिएका छन् ।

 

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १ : ३६ बजे

विश्व बैंकको ५२ मिलियन ऋण र ५ मिलियन अनुदान स्वीकार, भारतबाट ६० हजार मेट्रिक टन मल किन्ने

काठमाडौं– सरकारले भारतसँग जी टु जी माध्यमबाट ६० हजार मेट्रिक

दुईदिने सार्वजनिक बिदा : पोखराको पर्यटनमा सकारात्मक प्रभाव

गण्डकी– सरकारले शनिबार र आइतबार हप्तामा दुई दिन सार्वजनिक बिदा

राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको प्रवर्द्धन गरिँदै

काठमाडौं– बागमती प्रदेश सरकारले चार राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको विकास गर्ने

काठमाडौंका सरकारी अस्पतालमा बिरामीको चाप (तस्बिरहरू) 

काठमाडौं– सरकारले आइतबार सरकारी अस्पतालमा बिदा दिने निर्णय गरेसँगै सोमबार

पत्रकारले भिडियो खिचेपछि रिसाए प्रधानमन्त्री, तात्तातै निर्देशनपछि सुरक्षाकर्मीले सञ्चारकर्मीलाई रोके

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा मन्त्रिपरिषद् बैठकका क्रममा सञ्चारकर्मीहरूलाई