बर्लिन म्याराथनमा सहभागिता जनाउने पार्कीको बिदाई « Khabarhub

बर्लिन म्याराथनमा सहभागिता जनाउने पार्कीको बिदाई


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्मनीमा आयोजना हुने बर्लिन म्याराथनमा सहभागिता जनाउने नेपाली धावक गोपिचन्द्र पार्कीलाई बिदाई गरिएको छ ।

नेपालगंज म्याराथनले मंगलबार काठमाडौंमा धावक पार्की र प्रशिक्षक सन्तोष श्रेष्ठलाई बिदाई गरेको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, नेपालगंज म्याराथनका टिएस ठकुरी लगायतले उनीहरुलाई बिदाई गरे ।

बिदाईमा उनीहरुलाई ट्रयाक सुट प्रदान गरिएको थियो । कार्यक्रममा धावक पार्कीले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य सुनाए ।  यस म्याराथनको महत्व छुट्टै रहेको भन्दै उनले सहभागिता जनाउन पाउँदा खुसी रहेको धारणा राखे ।

विश्व चर्चित बर्लिन म्याराथन जर्मनीको बर्लिनमा सेप्टेम्बर २९ मा हुनेछ । पार्की पछिल्लो संस्करणको नेपालगंज म्याराथनको विजेता हुन् ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ९ : १५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार