यलम्बरको सय फिट अग्लो शालिकसहित पार्कको शिलान्यास « Khabarhub

यलम्बरको सय फिट अग्लो शालिकसहित पार्कको शिलान्यास


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा प्रथम किराती राजा यलम्बर हाङको सय फिट अग्लो शालिक शिलान्यास गरिएको छ ।

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ३० प्रतिशत र १ नम्बर प्रदेश सरकारको ७० प्रतिश गरी १४ लाख रुपैयाँको लागत सहभागितामा पूरा गर्नेगरी बुईपाको पञ्चरदोबाटोमा प्रथम किराती राजा यलम्बर हाङको शालिक तथा यलम्बार पार्क शिलान्यास गरिएको हो ।

नछुङ धनीराम नछुङले मुन्धुमी विधिअनुसार माङी गरेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल र उपमेयर विणादेवी राईले प्रथम किराती राजा यलम्बर हाङको शालिक तथा यलम्बार पार्क शिलान्यास गरेका हुन् ।

दिक्तेल र उदयपुरको गाईघाट जोड्ने महुरे–फोक्सिङटार सडकले छोएको पञ्चरदोबाटोमा रहेको करिब ३० रोपनी सार्वजनिक जग्गाभित्र चोभारको मञ्जुश्रीपार्कको शैलीमा यलम्बर हाङको शालिक तथा यलम्बर पार्क निर्माण सुरु गरिएको हो ।

प्रवेश शुल्कबापत संकलन हुने रकमको ६० प्रतिशत नगरपालिका र ४० प्रतिशत रकम प्रदेश सरकारको कोषमा जम्मा हुने गरी यलम्बर हाङको शालिक तथा यलम्बार पार्क निर्माणको काम अघि बढाइएको हो ।

करिब सय वर्ष टिक्ने फाइबरको यलम्बर शालिक पिलरसहित सय फिट अग्लो हुने बुईपाका वडाध्यक्ष दिनेश राईले बताए । बुईपाको पञ्चरदोबाटोमा पार्कसहितको यलम्बर हाङको शालिक राख्नका लागि असोज २०७५मा सर्भे गरिएको थियो ।

यलम्बर हाङको शालिक तथा यलम्बर पार्क निर्माणको ठेक्का उमा–तुवाचुङ–अनसुवी जेभीले लिएको छ । आगामी १८ महिनाभित्र यलम्बार पार्क तथा यलम्बरको शालिक राख्ने काम पूरा हुने मेयर रिजालले बताए । यलम्बर हाङको शालिक तथा यलम्बार पार्क निर्माणका क्रममा हालसम्म एक करोड ५० लाख खर्च भइसकेको छ ।

२०७६ सालदेखि यलम्बर पार्कको काम थालेको निर्माण कम्पनीले असार २०७८ मा यलम्बरको शालिक निर्माणका लागि सम्झौता गरेको हो । यलम्बरको मूर्ति निर्माणका लागि किरात राई यायोक्खाले २०७६ असोजमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई स्केच प्रदान गरेको थियो ।

पार्क तथा शालिकका लागि २०६७ मा पहिलो डीपीआर तयार पारिएको थियो । तर, पहिलो डीपीआरमा भएको अपुरो पक्षलाई सुधार गर्दै २०७७ मा अर्को कन्सल्टेन्सीमार्फत दोश्रो डीपीआर बनाउनु परेको मेयर रिजालले बताए ।

पार्क अन्तर्गत हालसम्म गेट, बाटो, कफिसप, रेस्टुरेन्टलगायतका संरचना बनिसकेको छ । लागत सहभागितामा यलम्बर हाङको शालिक तथा यलम्बार पार्क निर्माणका लागि नगरपालिका र प्रदेश सरकारबीच जेठ २०७६ मा सम्झौता गरिएको थियो ।

यलम्बर पार्कमा घुमफिर गर्ने ठाउँ, विश्राम गर्ने फलामे कुर्सी, फ्री–वाइफाइ, कफी तथा फास्टफुड लगायतका आधुनिक सेवासुविधासहितको संरचना निर्माण गर्ने डीपीआरमा उल्लेख छ । यलम्बरको शालिक रहने यलम्बर पार्क प्रवेश गर्न शुल्क निर्धारण गरिने उपभोक्ता समितिका अध्यक्ष मिलन राईले बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  १ : ५० बजे

आइपिएल : चेन्नईलाई हैदराबादले दियो १९५ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा

ट्रम्पले भने : ‘स्ट्रेट अफ हर्मुज’ मा इरानले हामीलाई सौदाबाजी गर्न सक्दैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानलाई स्ट्रेट अफ

जेनजी आन्दोलनमा फरार नख्खु कारागारका कैदी सानेपाबाट पक्राउ

ललितपुर – जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक कैदीबन्दीलाई

च्यालेन्ज ट्रफीमा नेपालको खराब सुरुवात, अमेरिकासँग ४४ रनले पराजित

काठमाडौं – पहिलो संस्करणको आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीअन्तर्गत अमेरिका

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको