पहिरो प्रभावित क्षेत्रमा जान सकेनन् प्रधानमन्त्री « Khabarhub

पहिरो प्रभावित क्षेत्रमा जान सकेनन् प्रधानमन्त्री


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– बाढी र पहिरोको अवस्था बुझ्न सुदूरपश्चिम भ्रमणमा आएका प्रधानमन्त्री शेरबहादुर देउवा प्रभावित क्षेत्रमा नपुगी फर्केका छन् ।

बिहीबार डोटी हुँदै बझाङ पुगेका प्रधानमन्त्री देउवाले बझाङको थलारा गाउँपाकिला–४ स्थित पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यतालिका थियो । तर पहिरो प्रभावित क्षेत्रको हेलिकोप्टरबाटै अवलोकन गरेर उनी बैतडीतर्फ लागेका छन् ।

बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीका अनुसार प्राविधिक कारणले पहिरो गएको क्षेत्रमा हेलिकोप्टर अवतरण हुन नसकेपछि प्रधानमन्त्री देउवाले आकासबाटै पहिरो अवलोकन गरेका हुन् ।

‘थलाराको पहिरो प्रभावित क्षेत्रमा हेलिकोप्टर ३–४ पटक अवतरण गर्ने प्रयास गरियो,’ प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले भने, ‘तर असफल भएपछि उहाँ बैतडीतर्फ जानु भएको छ ।’

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  २ : ४८ बजे

एमाले महाधिवेशन : विद्युतीय मेसिनमा सुस्त मतदान, दुई हजार मत खस्यो

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान जारी छ

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार