हाँडीगाउँको जात्रा मनाइयो (भिडियो) « Khabarhub

हाँडीगाउँको जात्रा मनाइयो (भिडियो)


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ब्रह्मा, विष्णु र महेश्वर भगवानको पूजाआराधना गरी टोलटोलमा रथ घुमाएर बिहीबार काठमाडौँमा हाँडीगाउँको जात्रा मनाइएको छ ।

विशेष प्रकारको फूल र रथ परिक्रमा गरिने छुट्टै मौलिकता र विशेष पहिचान बोकेको हाँडीगाउँको जात्रा प्रत्येक वर्षको बडा दसैंको कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौंको हाँडीगाउँमा मनाइँदै आएको छ ।

विश्वकर्माले बनाएका यी त्रिदेवको एकैपटक दर्शन र पूजाका साथै जात्राको दर्शन गर्नाले घरमा महालक्ष्मीको बास र मनोकामना पूरा हुने जनविश्वास छ । जात्राका दिन दर्शन र पूजाका लागि तीनवटै रथ तीनवटा भिन्न चोकमा राख्ने र घरघरबाट आएर पूजा गर्ने चलन छ । अन्य जात्रामा माथि गजुर र तल भगवानको मूर्ति अर्थात आकृति हुन्छ भने हाँडीगाउँको जात्रामा यसको ठीक उल्टो अर्थात तल गजुर र माथि देवताको मूर्ति राखिन्छ ।

परापूर्वकालमा त्यहाँकी राजकुमारीले सत्यनारायणको अपहेलना गरेका कारणले १२ वर्षसम्म सुत्केरी हुन नसकेको र यो जात्रा गरेपछि राजकुमारी सुत्केरी भएको विश्वास रहँदै आएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ५ : ३७ बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको