हाँडीगाउँको जात्रा मनाइयो (भिडियो) « Khabarhub

हाँडीगाउँको जात्रा मनाइयो (भिडियो)


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ब्रह्मा, विष्णु र महेश्वर भगवानको पूजाआराधना गरी टोलटोलमा रथ घुमाएर बिहीबार काठमाडौँमा हाँडीगाउँको जात्रा मनाइएको छ ।

विशेष प्रकारको फूल र रथ परिक्रमा गरिने छुट्टै मौलिकता र विशेष पहिचान बोकेको हाँडीगाउँको जात्रा प्रत्येक वर्षको बडा दसैंको कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौंको हाँडीगाउँमा मनाइँदै आएको छ ।

विश्वकर्माले बनाएका यी त्रिदेवको एकैपटक दर्शन र पूजाका साथै जात्राको दर्शन गर्नाले घरमा महालक्ष्मीको बास र मनोकामना पूरा हुने जनविश्वास छ । जात्राका दिन दर्शन र पूजाका लागि तीनवटै रथ तीनवटा भिन्न चोकमा राख्ने र घरघरबाट आएर पूजा गर्ने चलन छ । अन्य जात्रामा माथि गजुर र तल भगवानको मूर्ति अर्थात आकृति हुन्छ भने हाँडीगाउँको जात्रामा यसको ठीक उल्टो अर्थात तल गजुर र माथि देवताको मूर्ति राखिन्छ ।

परापूर्वकालमा त्यहाँकी राजकुमारीले सत्यनारायणको अपहेलना गरेका कारणले १२ वर्षसम्म सुत्केरी हुन नसकेको र यो जात्रा गरेपछि राजकुमारी सुत्केरी भएको विश्वास रहँदै आएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ५ : ३७ बजे

मध्यपूर्वी युद्धको प्रभाव : नेपालका १० लाख निर्माण मजदुरको आम्दानी जोखिममा

काठमाडौं– मध्यपूर्वी एसियामा जारी युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएपछि

तस्बिरमा हेर्नुहोस्, टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं– चैत कृष्ण औँसीको दिन बुधबार काठमाडौं उपत्यकामा परम्परागत घोडे

कुर्दिस्तानको इरबिलमा चारवटा विस्फोट, तनाव बढ्दै

एजेन्सी– मध्यपूर्वमा चर्किंदो द्वन्द्वको प्रभाव इराकसम्म फैलिँदै गएको संकतका रूपमा

पाटनमा घोडा दौडाएर मनाइयो घोडेजात्रा (तस्बिरहरू)

काठमाडौं– घोडेजात्राको अवसरमा आज ललितपुरको बालकुमारीमा  परम्परागत रूपमा एउटा घोडा

टीसीएलले ल्यायो सिलिङ क्यासेट एसी

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले टीसीएलका उन्नत सिलिङ क्यासेट स्प्लिट एयर कन्डिसनर बजारमा