रकम अभावले विद्यालय पुनर्निर्माण प्रभावित | Khabarhub Khabarhub

रकम अभावले विद्यालय पुनर्निर्माण प्रभावित

१ अर्ब ३३ करोड ६० लाख आवश्यक


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भूकम्पमा क्षति पुगेका विद्यालय भवनको पुनर्निर्माण रकम अभावले प्रभावित हुने देखिएको छ । सबै विद्यालयको काम सक्न १ अर्ब ३३ करोड ६० लाख रुपैयाँ अपुग हुने केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।

गत आर्थिक वर्षमा सम्झौता भएर सम्पन्न हुने प्रक्रियामा रहेका विद्यालयलाई रकम अपुग भएको हो । इकाइका अनुसार एलएमबीआईएसमा सम्झौताअनुसार रकमको व्यवस्था नहुँदा काम प्रभावित भएको छ । विद्यालय पुनर्निर्माण कार्यक्रम तथा प्रगति विवरण सार्वजनिक गर्दै इकाइले ३१ जिल्लामा रकम अपुग भएको प्रतिवेदन शिक्षामन्त्री देवेन्द्र पौडेललाई बुझाएको छ ।

इकाइका अनुसार हालसम्म विद्यालय व्यवस्थापन समितिमार्फत ५ हजार ५ सय ६४, निर्माण व्यवसायीमार्फत ३ सय ७७, गैरसरकारी संस्थाबाट ७०३ गरी ६ हजार ६ सय ४७ विद्यालय पुनर्निर्माण भएका छन् । विद्यालय व्यवस्थापन समितिबाट ४९६, निर्माण व्यवसायीमार्फत ३५२, गैरसरकारी संस्थाबाट ८८ गरी ९३६ विद्यालय निर्माणाधीन रहेको इकाइका निर्देशक डा.युवराज पौडेलले बताए ।

ईईएपीले एडीबीको ऋणबाट ८ जिल्लाका १५४ वटा, जेएफपीआरले जापान सरकारको अनुदानमा ८ जिल्लामा ८ वटा र ईएसआरपीले जाइकाको ऋण सहयोगमा ६ जिल्लाका २१९ विद्यालय भवन पुनर्निर्माण गरेको छ ।

१७ वटा विद्यालय भवन पुनर्निर्माणको चरणमा रहेको आयोजना प्रमुख रामशरण सापकोटाले जानकारी दिए । डीआरएसपीले १४ जिल्लाका २०९ विद्यालयमध्ये ५९ वटा पुनर्निर्माणको काम सम्पन्न गरेको छ । एडीबीको ऋण सहयोगमा ११३ वटा विद्यालय निर्माणाधीन छन् । ३७ वटाका लागि थप बोलपत्र आह्वान भएको छ ।

सोही आयोजनाले ५२ वटा विद्यालय भवन रेट्रोफिटको काम सकेको छ भने थप ९१ वटामा सम्झौता गरेको छ । भारत सरकारले ७० विद्यालय र एक पुस्तकालय पुनर्निर्माणको जिम्मा लिएकामा आठवटा मात्र बनाएको छ । ५६ वटा निर्माणाधीन अवस्थामा छन् । ६ वटा विद्यालयको सम्झौता भई निर्माण कार्य सुरु भएको आयोजनाप्रमुख सापकोटाको भनाइ छ ।

भारत सरकारको ऋणमा काम गर्ने सहमतिअनुसार इन्डियन ईएसएम बैंकले १४ जिल्लाका ३८ आंशिक क्याम्पसको पुनर्निर्माण ५ प्रतिशत मात्र सकेको छ । साउदी फन्डले ५ जिल्लाका २५ विद्यालय पुनर्निर्माणको जिम्मा लिएकोमा ६० प्रतिशतको काम सकेको छ ।

यस्तै एसएमसीले सरकारको सहयोगमा ३१ जिल्लाका ६ हजार ६० विद्यालय निर्माणको जिम्मा लिएकोमा ९० प्रतिशत काम सकेको छ । सोही आयोजनाले ३१ जिल्लाका दुई हजार ९ सय ५९ ब्लक जिम्मा लिएकोमा ९० प्रतिशत काम सम्पन्न गरेको बताइएको छ ।

सोही आयोजनाले ३१ जिल्लाका १ हजार ६ सय ७० विद्यालयमा खानेपानी व्यवस्था गर्ने जिम्मा लिएकोमा चालू आर्थिक वर्षसम्म ९० प्रतिशत काम सम्पन्न भएको बताइएको छ ।

शिक्षा मन्त्री पौडेलले अपुग रकम अर्थ मन्त्रालयसँग माग गर्ने बताएका छन् । रकमका लागि दातृ निकायसँगसमेत छलफल गर्ने भन्दै उनले रोकिएका काम तत्काल सञ्चालन गर्न निर्देशन समेत दिए ।

 

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ६ : ५० बजे

विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहनेछ : मन्त्री पन्त

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षाको

नागढुङ्गा दुर्घटनाका घाइतेको एपीएफ अस्पतालमा उपचार

काठमाडौं–  काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा नजिकै घुमाउने पसल अगाडि दुर्घटना

सम्पादकहरूको विज्ञप्ति : प्रहरी परिचालन गरेर पत्रकार पक्राउ गर्न खोज्नु खेदजनक

काठमाडौँ – नेपालको प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूले प्रहरी परिचालन गरेर पत्रकार

संसद् सचिवालयको सचिवमा दुराको बढुवा

काठमाडौं– सङ्घीय संसद् सचिवालयको रिक्त सचिवालय सचिवमा सुरजकुमार दुराको बढुवा

ग्वार्को फ्लाइ ओभरको मुख्य संरचना निर्माण सम्पन्न

काठमाडौं– ललितपुरको ग्वार्कोस्थित फ्लाइ ओभरको मुख्य संरचना निर्माण सम्पन्न भएको