जसपा कार्यकारिणी समिति बैठक बस्दै, प्रदीप यादवको स्पष्टीकरणको छिनोफानो « Khabarhub

जसपा कार्यकारिणी समिति बैठक बस्दै, प्रदीप यादवको स्पष्टीकरणको छिनोफानो


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सरकारमा पार्टीको भूमिका, समसामयिक विषय र भावी रणनीतिबारे छलफल हुने कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

उनकाअनुसार पर्साबाट निर्वाचित सांसद प्रदीप यादवको स्पष्टीकरणको टुंगो पनि आजको बैठकले लगाउनेछ ।

यादवलाई मन्त्री नबनाएको भन्दै पर्सामा प्रदर्शन भएको थियो । उपेन्द्र यादव र जसपाको झण्डा नै जलाइएको थियो । यो सबै यादवले नै गराएको भन्दै पार्टीले उनलाई सात बुँदे स्पष्टीकरण सोधेको थियो । यादवले त्यसलाई अस्वीकार गर्दै जवाफ पठाइसकेका छन् ।

उनको जवाफमाथि छलफल गरेर कारबाही गर्न कि सफाइ दिने भन्ने निर्णय केन्द्रीय कार्यकारिणी समितिले गर्नेछ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ९ : २५ बजे

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक