ब्राउनसुगर कारोबारी आमा–छोरा पक्राउ | Khabarhub Khabarhub

ब्राउनसुगर कारोबारी आमा–छोरा पक्राउ


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – जिल्लाको तुलसीपुर प्रहरीले एक घरमा छापा मारी करिब २० ग्राम ब्राउनसुगरसहित आमा–छोरालाई पक्राउ गरेको छ ।

शनिबार साँझ साढे ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका-५ स्थित ३८ वर्षीया सुशीला श्रेष्ठको माइतीघरमा छापा मार्दा सानो पुरिया ९९ थान र ठूलो पुरिया एक गरी १९ ग्राम ७१० मिलीग्राम ब्राउनसुगरसहित सुशीला र उनका छोरा रोहन श्रेष्ठलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार उनीहरूले ब्राउनसुगर बिक्री वितरणका लागि पुरिया बनाउँदै गरेको अवस्थामा फेला पारिएको हो । सुशीलाको घर तुलसीपुर उपमहानगरपालिका–६ स्थित विद्युत् कार्यालयदेखि पछाडि रहे पनि हाल तुलसीपुर–५ मा बस्दै आएकी छिन् । प्रहरीका अनुसार आमा–छोरा नै ब्राउनसुगर कारोबारी हुन् ।

उक्त कारोबारमा उनका श्रीमान् वसन्त श्रेष्ठको पनि संलग्नता रहेको भन्दै अनुसन्धानका लागि खोजी जारी रहेको प्रमुख अर्यालले बताउनुभयो । तुलसीपुरमै ठूलो परिमाणमा ब्राउनसुगर बरामद गरिएको हो ।

उनीहरूलाई पक्राउ गर्नुभन्दा पहिले तुलसीपुर बसपार्कबाट दुई जनालाई पक्राउ गरिएको थियो । ब्राउनसुगरको कारोबार भइरहेको सूचनाका आधारमा जाँच गर्दा तुलसीपुर–५ बसपार्क निवासी २५ वर्षीय धीरज बुढाथोकीको साथबाट ५४० मिलीग्राम र बबई गाउँपालिका–४ घर भई हाल तुलसीपुर–६ बरुवागाउँमा डेरा गरी बस्दै आएका प्रख्यात शाहको साथबाट २६० मिलीग्राम ब्राउनसुगर बरामद भएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  १० : ५२ बजे

बजेटमा सहभागितामा योजना बनाउने परिपाटी रोज्नुपर्छ : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बढी बजेट

भोलिको संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसद्वारा सांसदलाई ह्वीप

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले मंगलबारको प्रतिनिधिसभा बैठकका लागि आफ्नो

एएफसी एसियन कप छनोट खेल्ने नेपाली टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं– उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोट खेल्न जाने नेपाली

रूसी राष्ट्रपति पुटिनले भने : इरानमाथि अमेरिकी-इजरायली आक्रमण अन्तर्राष्ट्रिय कानुनको गम्भीर उलङ्घन

मस्को– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायल र अमेरिकाले इरानमाथि गरेका