इन्टरपोलको महासभामा सहभागी हुन आईजीपी क्षेत्री टर्की प्रस्थान, शाहीलाई कार्यवाहक जिम्मेवारी « Khabarhub

इन्टरपोलको महासभामा सहभागी हुन आईजीपी क्षेत्री टर्की प्रस्थान, शाहीलाई कार्यवाहक जिम्मेवारी


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री टर्की प्रस्थान गरेका छन् ।

इन्टरपोल महासचिवालयको आयोजनामा टर्कीको ईस्तानबुलमा ७-९ मंसिरसम्म सञ्चालन हुने इन्टरपोलको ८९औं महासभामा सहभागी हुन आईजीपी थापा आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपाल प्रमुखसमेत रहेका आईजीपी थापा क्षेत्रीसँग महासभामा सहभागी हुन एआईजी प्रद्युम्न कुमार कार्की र एसपी सविन प्रधानसमेत त्यसतर्फ प्रस्थान गरेका छन् ।

उनीहरुलाई एआईजी निरजबहादुर शाही, डीआईजीलगायत वरिष्ठ प्रहरी अधिकृतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरे ।

१९४ इन्टरपोल सदस्य राष्ट्रका हेड अफ द एनसीबी तथा प्रतिनिधिहरू सहभागी हुने महासभामा सदस्य राष्ट्रको वार्षिक प्रतिवेदन पेश हुने, इन्टरपोल अध्यक्ष तथा कार्यकारिणी समितिका विभिन्न पदाधिकारीको निर्वाचन हुने, नयाँ सदस्यताका लागि आवेदन गर्ने देशका लागि मतदानद्वारा निर्वाचन हुने र विभिन्न देशबीच विविध विषयमा द्विपक्षीय छलफल तथा निर्णय हुने लगायतका कार्यक्रम रहेका छन् । यस वर्ष महासभामा इन्टरपोल सदस्यताको लागि दि फेडेरेटेट स्टेट्स अफ माइक्रोनेसियाले आवेदन गरेको छ ।

महासभामा इन्टरपोल तथ्यांक प्रशोधनको आवश्यकता, प्रहरी कार्य तथा प्रविधि, बजेट, संगठित अपराध, साइबर क्राइम, आतंकवाद, मानव बेचबिखनजस्ता अपराध लगायतका विविध विषयमा संकल्प प्रस्ताव प्रस्तुत हुने तथा प्रस्तुत प्रस्तावमा छलफल भई महासभाबाट पारित हुने कार्यक्रम हुनेछन् । साथै नेपालको प्रतिनिधि मण्डलले टर्की, यूएई, दक्षिण कोरिया र बंगलादेशसँगसमेत विविध विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीको अनुपस्थितिमा एआईजी निरजबहादुर शाहीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  १ : ४३ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य