प्रहरीले नष्ट गर्‍यो ५० हजारभन्दा बढी गाँजाको बोट « Khabarhub

प्रहरीले नष्ट गर्‍यो ५० हजारभन्दा बढी गाँजाको बोट


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिरहा प्रहरीले छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणमा अवैध रुपमा खेतमा लागाएको गाँजा फडानी गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले मिर्चैया नपा ७, ८ र ९ नम्वर वडा र गोलबजार नपाको ७, ८ र १० नम्बर वडाको करिब १० विगाहा जमिनबाट ४५ हजारभन्दा बढी गाँजाको बोट फडानी गरी आगजनी गरेको हो ।

अवैधरुपमा लगाएको गाँजा फडानी गर्ने अभियानअन्तर्गत फल लाग्नुभन्दा अगावै फडानी गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । अहिले नै नष्ट गर्दा प्रहरीलाई पनि हैरानी कम हुने र किसान पनि निरुत्साहित उनले बताए ।

यस क्षेत्रका किसानहरुले प्रहरीलाई झुक्याउन चारैतर्फ उखु, रहर, तरकारी खेती लगाएर बीचको भागमा गाँजा लगाउने गरेको पाइएको प्रहरीको भनाइ छ । कतिपयले करेसाबारी तथा आँगनमासमेत गाँजाको विरुवा लगाउने गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ३ : ५० बजे

वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने विषयमा छलफल

काठमाडौं – वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने विषयमा

एन्फाले पुस २५ गतेदेखि राष्ट्रिय लिग आयोजना गर्ने

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पुस २५ गतेदेखि

हङकङको आवासीय भवनमा आगलागीः १३ जना पक्राउ

हङकङ – हङकङको वाङ फुक कोर्टमा आगलागीमा लापरवाही गरेको आरोपमा

‘जेनजी’ सहिद परिवारलाई परिचयपत्र दिइने

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भई सहिद घोषणा