माओवादी केन्द्रको वाग्मती अध्यक्षमा पौडेल विजयी « Khabarhub

माओवादी केन्द्रको वाग्मती अध्यक्षमा पौडेल विजयी


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रको वाग्मती प्रदेशको अध्यक्षमा सरल सहयात्री पौडेल विजयी भएका छन् ।

काभ्रेपलान्चोकका दीननाथ गौतमलाई पराजित गर्दै सिन्धुपाल्चोकका पौडेल अध्यक्षमा निर्वाचित भएका हुन् । विजयी भएका पौडेलले १६२ मत ल्याउँदा गौतमले ८६ मत मात्रै पाए ।

उपाध्यक्षमा रुपा महर्जन, प्रेमबहादुर पुलामी र रामप्रसाद ढुंगाना विजयी भएका छन् । सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ छिन्ताङ निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।

सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ विजयी भएका छन् भने कोषाध्यक्षमा संगीता भट्टराईले जित हात पारिन् ।

१० दिनसम्म पनि अध्यक्षसहित पदाधिकारीमा सहमति हुन नसकेपछि बागमती प्रदेशको अध्यक्ष र पदाधिकारीका लागि पहिलोपटक गएराती चुनाव भएको हो । अरु प्रदेशमा माओवादीले सहमतिमा पदाधिकारी चयन गरेको थियो ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ७ : २४ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)