धनगढी विमानस्थलको स्तरोन्नतिका लागि एक साताभित्र एक अर्ब रूपैयाँ आउँछ : मन्त्री आले « Khabarhub

धनगढी विमानस्थलको स्तरोन्नतिका लागि एक साताभित्र एक अर्ब रूपैयाँ आउँछ : मन्त्री आले


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलको स्तरोन्नतिका लागि एक साताभित्र एक अर्ब रूपैयाँ बजेटको व्यवस्था गरेर जग्गा अधिकरणको काम अगाडि बढाइने बताएका छन्।

नेपाल पर्यटन बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयको सोमबार धनगढीमा आयोजित कार्यक्रममा मन्त्री आलेले उक्त क्षेत्रीय विमानस्थल निर्माणका लागि मन्त्रालयले बजेटको व्यवस्थापन गरिरहेको जानकारी दिए। उनले भने‚ ‘यसमा प्रदेश सरकारको पनि साझेदारी होस् भन्ने चाहेको छु।’

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलायअन्तर्गतको नाथमबाट सुदूरपश्चिम प्रदेशमा सरकारी कलेज सञ्चालन गर्न गइरहेको उनले बताए। मन्त्री आलेले उक्त सरकारी कलेज सञ्चालन गर्ने कार्य आफ्नो कार्यकालभित्र सुरु हुने गरी काम अगाडि बढाएको र तत्काकै सर्भेका लागि केन्द्रबाट टोली आइरहेको जानकारी दिए।

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीले प्रदेश सरकारले कार्यालय स्थापना गर्नका लागि अनौपचारिक, औपचारिक सहयोग गरिसकेको र अझै कार्यालय थप विस्तार गर्नका लागि गर्नुपर्ने सबै प्रकारका सहयोग गर्न प्रदेश सरकार तयार रहेको उल्लेख गरे। उनले कार्यालयको स्थापनाले सानोभन्दा सानो कामका लागि काठमाडौं धाउनुपर्ने बाध्यतात्मक अवस्थाको अन्त्य भएको बताए।

आर्थिक मामिला मन्त्री तारा लामा तामाङले पर्यटन नै सुदूरपश्चिम प्रदेशलाई चिनाउने सबल माध्यम भएकाले प्रदेशको दिगो आर्थिक विकासमा प्रदेश सरकार लागिपरेको बताए। नेपाल पर्यटन वोर्ड आन्तरिक पर्यटन पुनर्उत्थान समिति सुदूरपश्चिम प्रदेशका संयोजक तथा नाटा सुदूरपश्चिम प्रदेशका अध्यक्ष मायाप्रकाश भट्टको अध्यक्षता भएको कार्यक्रममा प्रदेश सरकारका मन्त्री, कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष, पर्यटनसँग सम्बन्धित विभिन्न व्यक्तित्व, सञ्चारकर्मीलगायतको सहभागिता थियो।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ७ : ४० बजे

जर्मनीलाई हराउँदै पाराग्वे विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – फिफा विश्वकप २०२६ मा एक अप्रत्याशित नतिजा निकाल्दै

‘इन्जुरी टाइम’को गोलसँगै जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अतिरिक्त समयतर्फ धकेलिएको खेलको इन्जुरी समयमा ग्याब्रिएल मार्टिनेलीले

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार १६ गते मंगलबार सन् २०२६

आज २०८३ साल असार १६ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १६ गते मंगलबार सन् २०२६

उपसभामुख ठाकुर रोपाइँमा सहभागी

धनुषा – राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा उपसभामुख