बिदा मनाउने होइन ज्यान जोगाउनुहोस् : डब्लुएचओ « Khabarhub

बिदा मनाउने होइन ज्यान जोगाउनुहोस् : डब्लुएचओ


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तत्काल आपतकाल घोषणा गरेर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट आम नागरिकको ज्यान जोगाउन अपिल गरेको छ ।

ओमिक्रोन भेरियन्टको संक्रमण युरोपलगायत विश्वका अन्य देशमा पनि तीव्र रुपमा फैलिएकाले तत्काल आपतकाल घोषणा गरेर नागरिकको ज्यान बचाउन संगठनले अपील गरेको हो ।

क्रिसमसलाई लक्षित गर्दै विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस अधानम गाव्रियससले बिदाका कार्यक्रम रद्द गरेर आफ्नो ज्यान बचाउन आग्रह गरेका छन् । यसका लागि जर्मनी र फ्रान्सलेजस्तै स्वास्थ्य सम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने उनको भनाइ छ ।

बढ्दो ओमिक्रोन संक्रमणका कारण अहिलेसम्म नेदरल्याण्ड्सले मात्रै पूर्ण रुपमा लकडाउनको घोषणा गरेको छ । बाँकी युरोपियन र अमेरिकी देशहरुले बुस्टर डोज खोपमा जोड दिइरहेका छन् ।

यसअघि दोस्रो लहर डेल्टा भेरियन्टभन्दा ओमिक्रोन भेरियन्ट निकै तीव्र रुपमा फैलिने भएकाले संक्रमण रोक्न चाल्नुपर्ने कदम उठाउन ढिलाइ गर्न नहुनेमा डब्लुएचओको जोड छ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ९ : १४ बजे

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै