निलमका लागि गोविन्दाले तोडेका थिए सुनीतासँगको इन्गेजमेन्ट « Khabarhub

निलमका लागि गोविन्दाले तोडेका थिए सुनीतासँगको इन्गेजमेन्ट


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेता गोविन्दा उमेरले ५८ वर्ष पुगेका छन् । उनको जन्म सन् १९६३ डिसेम्बर २१ मा मुम्बईको महाराष्ट्रमा भएको थियो । गोविन्दा र अभिनेत्री निलम कोठारीको जोडी सन् ८० देखि ९० को दशकमा सर्वाधिक हिट थियो । कुनै समयमा यो जोडी एकअर्काको गहिरो प्रेममा थिए । उनीहरुको प्रेमको चर्चा बलिउडमा अहिले पनि हुने गर्दछ ।

गोविन्दा र निलमले पहिलोपटक सन् १९८६ को फिल्म ‘इल्जाम’मा स्क्रिन शेयर गरेका थिए । यो फिल्मपछि गोविन्दा र निलमले लगातार १४ फिल्ममा सहकार्य गरेका थिए ।

गोविन्दा निलमप्रति पूर्ण रुपमा बफादार थिए । अझ भनौं निलमको प्रेममा गोविन्द लिप्त भइसकेका थिए । त्यही कारण उनी निलमसँग विवाह गर्न चाहन्थे । गोविन्द आफ्नो वर्तमान श्रीमति र त्यो समयकी प्रेमिका सुनिता आहुजा पनि निलम जस्तै बनोस् भन्ने चाहन्थे ।

निलमको विषयलाई लिएर गोविन्दा र सुनीताबीच कैयौं पटक झगडा भएको थियो । एकपटक सुनीताले निलमको बारेमा नराम्रो बोलेपछि गोविन्दाले रिसले सुनीतासँगको इन्गेजमेन्ट नै तोडेका थिए ।

गोविन्दाका अनुसार यो घटनाको पाँच दिनसम्म सुनीताले फोन नगरेको भए उनको विवाह निलमसँग भइसक्थ्यो । किनकी गोविन्दाका पिता पनि निलमलाई घरकी बुहारी बनाउन चाहन्थे । तर गोविन्दाकी आमा निलमलाई बुहारी बनाउने कुरामा सहमत थिइनन् । त्यहीकारण उनले सुनीतालाई नै विवाह गर्न गोविन्दालाई दबाब दिइन् । किनकी गोविन्दाले आमाको कुरालाई कहिल्यै पनि नकारेका थिएनन् । यहीकारण गोविन्दा र निलमको सम्बन्ध सदाका लागि टुट्यो ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ११ : ५१ बजे

कोइराला परिवारका शेखर–शशांकसँग नेतृत्वचेत देखिएन : अमरसिंह पुन

काठमाडौं- पार्टीलाई विधि विधानबाट चलाउनु पर्छ भन्ने आवाज बुलन्द गर्दै

जेन-जी सहिदकी दिदी भन्छिन्- मेरो भाइको नाममा सालिक बनाइयोस्

काठमाडौं– पूर्वीया थारु समुदायको महान् पर्व जितिया नजिकिँदै थियो । भदौ

विशेष महाधिवेशन : दिउँसोसम्म एक हजार तीन सय २७ सहभागीद्वारा नाम दर्ता

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वयको  अगुवाइमा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा भइरहेको विशेष

विशेष महाधिवेशनमा विनोद चौधरी पनि उपस्थित

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थलमा संस्थापन पक्षका नेता मानिएका

फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा

खोटाङ– सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा जडान गरिएको