रास्कोटले ग्रामीण सडक कालोपत्र गर्दै « Khabarhub

रास्कोटले ग्रामीण सडक कालोपत्र गर्दै


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मान्म- रास्कोट नगरपालिकाले १२ किलोमिटर ग्रामीण सडक कालोपत्र तथा ग्राभेल गर्ने भएको छ । रास्कोट–७ शान्तिघाटदेखि आरसिपी बजार हुँदै बडिमालिकासम्मको सडक कालोपत्र तथा ग्राभेल हुन लागेको हो ।

हाललाई नगरपालिका क्षेत्रमा सडक कालोपत्र तथा ग्राभेल हुने नगरपालिका उपप्रमुख मिमसरा बम शाहीले जानकारी दिए । ‘कालोपत्रका ठेक्का भइसकेको छ । प्रदेश सरकारको रु १२ करोड लागतमा कालोपत्र तथा ग्राभेल हुनेछ’, उनले भने, ‘एक वर्ष अवधिको सम्झौता रहेको छ । त्यही आधारमा कालोपत्रको काम एक वर्षमा सम्पन्न हुनेछ ।’

नगरपालिका भित्रैका नौवटै वडासम्म सडक पुगेको र सबै वडामा सडक सञ्जालले जोडिएको उनले बताए । ‘क्रमशः सबै वडामा पुगेका ग्रामीण सडक कालोपत्र र ग्राभेल गर्ने योजना रहेको छ’, उनले भने, ‘हामीले नौवटै वडामा आफ्नै नगरपालिकाले स्काभेटर(डोजर) मार्फत सडक निर्माणको काम गरिरहेका छौँ ।’

नगरपालिका क्षेत्रका बस्ती बस्तीमा सडक पुर्‍याउने योजना रहेको र समाजलाई सम्झाउन नसक्दा आफ्नो प्रतिबद्धताअनुसार काम हुन नसकेको नगर प्रमुख काशीचन्द्र बरालले बताए ।

‘हामीले नागरिकसँग गरेका प्रतिबद्धताअनुसार नै काम गरिरहेका छौँ’, उनले भने, ‘हामीले ग्रामीण सडक मात्र निर्माण गरेका छैनौँ । त्यसको स्तरोन्नति र मर्मतसम्भारलाई त्यतिकै ध्यान दिएका छौँ ।’

जिल्लाका नौ वटा स्थानीय तहमध्ये ग्रामीण सडक कालोपत्र गर्ने पहिलो नगरपालिका भएको जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले बताए ।

‘जिल्लाका प्रायः सबै स्थानीय तहमा सडक पुगेका छन्’, उनले भने, ‘रास्कोट नगरपालिका जिल्लाकै पहिलो ग्रामीण सडक कालोपत्र गर्ने नगरपालिका भएको छ ।’

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  २ : १५ बजे

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको भीषण बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका